अजोड इन्स्योरेन्स र गण्डकी बिकास बैंकबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुरले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार गण्डकी बिकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरुले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।