SKIP THIS

MLBL
IME Life
Beema Board

सगरमाथा इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सलाई दाँजेर हेर्दा !

SPIL
NIC ASIA
Sanima Reliance

सगरमाथा इन्स्योरेन्सले ८६ प्रतिशत बोनस शेयार प्रस्ताव गरेको छ भने प्रिमियर इन्स्योरेन्स पनि गत आर्थिक वर्ष निस्काशन गरेको एफपीओको प्रिमियम रकम बाट बोनस शेयर बाट पुँजी वृद्धि गर्ने देखिन्छ। सगरमाथा इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सलाई इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :

Prabhu
Crest

नोट : जेष्ठ १३ गतेको बजार मूल्य

चुक्ता पुँजीको आधारमा :
सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी ५३ करोड ८२ लाख रहेको छ भने प्रमियर इन्स्योरेन्सले आफ्नो चुक्ता पुँजी ५८ करोड ४० लाख रहेको छ।
बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई १ अर्ब पुँजीको लक्ष्य दिएकोमा सगरमाथा इन्स्योरेन्सले आफ्नो पुँजी अझै ८६ प्रतिशतले वृद्धि गर्नु भएको छ भने प्रिमियर इन्स्योरेन्सले आफ्नो पुँजी  ७१ प्रतिशतले वृद्धि गर्नु पर्ने छ।
सगरमाथा इन्स्योरेन्सको संचालक समितीले ८६ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ। प्रस्तावित लाभांस बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरे पश्चात शेयरधनीले प्राप्त गर्ने छन्।  सो बोनस पश्चात कम्पनीको आवश्यक चुक्ता पुँजी पुग्ने छ ।
प्रिमियर इन्स्योरेन्सको गत वर्षको एफपीओको प्रमियम बाट यो वर्ष आकर्षक बोनस शेयर दिएर न्युनतम चुक्ता पुँजी पुर्याउने देखिन्छ।

जगेडा कोषको आधारमा :
जगेडा कोषको आधारमा सगरमाथा इन्स्योरेन्स अघि छ। सगरमाथा इन्स्योरेन्सको जगेडा कोषमा ६९ करोड ९८ लाख रुपैया संचित छ भने प्रिमियर इन्स्योरेन्सको जगेडा कोषमा ६४ करोड १९ लाख रुपैया संचित छ।

बीमाकोषको आधरमा :
बीमा कोषको आधारमा सगरमाथा इन्स्योरेन्स अघि छ। सगरमाथा इन्स्योरेन्सको बीमा कोषमा ४८ करोड ८७ लाख रुपिया संचित छ भने प्रिमियर इस्न्योरेंसको जगेडा कोषमा ४७ करोड ८८ लाख रुपियाँ संचित छ।

कुल र खुद बीमा शुल्क आर्जनको आधारमा :
सगरमाथा इन्स्योरेन्सले १ अर्ब ५८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने ८३ करोड ६१ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।
त्यस्तै प्रिमियर इन्स्योरेन्सले १ अर्ब २१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने ६० करोड ५६ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।

दावी भुक्तानीको आधारमा :
सगरमाथा इन्स्योरेन्सले ६५ करोड १७ लाख कुल दावी भुक्तानी गरेको छ भने ४० करोड ४० लाख खुद बीमा शुल्क आर्जन गरेको छ।
प्रिमियर इन्स्योरेन्सले ७३ करोड ६ लाख कुल दावी भुक्तानी गरेको छ भने ३४ करोड १६ लाख खुद दावी भुक्तानी गरेको छ।

खुद नाफाको आधारमा :
सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म १७ करोड १९ लाख खुद नाफा गरेको छ भने प्रिमियर इन्स्योरेन्सले १५ करोड ३ लाख खुद नाफा गरेको छ।

प्रति शेयर आम्दानीको आधारमा :
सगरमाथा इन्स्योरेन्सको प्रति शेयर आम्दानी ४२ रुपैयाँ ५८ पैसा छ भने प्रिमियर इन्स्योरेन्सको प्रति शेयर आम्दानी ३४ रुपैयाँ ३२ पैसा छ। प्रति शेयर आम्दानीलाई वार्शिकरण गरिएको छ।

मूल्य आम्दानी अनुपातको आधारमा :
सगरमाथा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३३ गुणा छ भने प्रिमियर इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३५ गुणा छ।

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS