एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद खुल्यो, आवेदन दिने अन्तिम दिन असार १६

एभरेष्ट इन्स्योरेन्सको हकप्रद शेयर आज देखि निष्काशन भएको छ । १ शेयर बराबर ३ अर्थात ३ सय प्रतिशतको अनुपातमा ८२ लाख १९ हजार ४ सय ७५ कित्ता हकप्रद शेयर निष्काशन भएको हो ।

हकप्रदमा वैशाख ८ गतेसम्म कायम शेयरधनीले असार १६ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले वैशाख ९ गते बुक क्लोज गरेको थियो । बिक्रि प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल रहेको छ ।

हकप्रदमा आवेदन दिनको लागि एभरेस्ट इन्स्योरेन्सको सम्पूर्ण शाखाहरु, सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल, सी आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाइनबाट समेत हकप्रद भर्न सकिने छ ।

२७ करोड ३९ लाख ८२ हजार चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार पुग्नेछ । सो हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार