IME Life

इन्फिनिटी लघुवित्तको आईपीओ आजबाट खुल्यो, कस्तो छ कम्पनीको वित्तीय अवस्था?

SPIL
NIC ASIA

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आजबाट ६ लाख ४० हजार ३ सय कित्ता आइपीओ खुला भएको छ । लघुवित्तले जारी पुँजी २० करोड ७४ लाख रुपैयाँको ३२ दशमलव ५ प्रतिशत बराबरको शेयर बिक्री खुला गरेको हो ।

लघुवित्तले कुल ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपीओ सर्वसाधारणलाई निष्काशन गरेको छ । जसमध्ये ३३ हजार ७ सय कित्ता सामुहिक लगानी कोषलाई र बाँकी रहेको शेयर लघुवित्तका कर्मचारी तथा अन्य सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।

Prabhu
Crest

लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ३ सय ७० कित्ताका लागि आवेदन दिन पाउनेछन् ।आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।

उक्त आइपीओ जेठ १६ गतेसम्म भर्न सकिनेछ भने ढिलोमा असार १० गतेसम्म भर्न पाइनेछ

लघुवित्त कम्पनीको आईपीओलाई केयर रेटिङस नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औषतभन्दा कमजोर रहेको बताउछ । लघुवित्त संस्थालको हाल १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २० करोड ७४ लाख पुग्नेछ भने कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ रहेको छ ।

यस्तो छ कम्पनीको वित्तीय अवस्था
संस्थाले प्रकाशन गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार २ करोड १९ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । त्यसैगरी २ करोड ७१ लाख ६० हजार रुपैयाँ जगेडा कोषमा सञ्चिति रहेको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा लघुवित्तले ४५ करोड ६७ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ३४ करोड ३५ लाख ९८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थाको निष्कृय कर्जा १ दशमलव ०१ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS