प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा रोजगारी खुलेको छ । कम्पनीले आइतबार एक विज्ञापन जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्राञ्च म्यानेजर मार्केटिङ एक्जुकेटिभ, सब ब्राञ्ज इनचार्ज, अपरेशन इन चार्ज पदमा केही कर्मचारी माग गरेको हो । यस्तै, कम्पनीले लिगल अफिसर पदका लागि १ जना कर्मचारी माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले १६ जुन सम्म आवेदन दिन सक्नेछन् ।