IME Life

बीमा कम्पनीहरुको मर्जर फेल भए जिम्मा कसले लिने, बीमा विज्ञ डा.रबिन्द्र घिमिरे

SPIL
NIC ASIA

नीजि बीमा कम्पनीहरुलाई जबरजस्ती मर्ज गर्न नसकिने बीमा विज्ञ डा.रबिन्द्र घिमिरेले बताएका छन् । काठमाडौमा आयोजित बीमा कम्पनीहरुको मर्जर आवश्यकता सम्बन्धी छलफल कार्यक्रममा बोल्दै बीमा विज्ञ घिमिरले सरकारी कम्पनीलाई मर्ज जति सहज छ । तर, नीजि कम्पनीलाई हामी जबरजस्ती मर्ज गर्न नसकिने बीमा विज्ञ घिमिरे बताए । ‘फकाएर प्रोत्साहन गरेर गर्नुपर्ने भएकाले धेरै चुनौती छ, उनले भने ।

मर्ज गरेको भोलि पल्ट फेल पनि हुन सक्छ । यसको जिम्मा कसले लिने । मर्जरमा जाँदा समितिले दिने छुट बास्तविक हुन् । जसका कारण कम्पनीहरु रातारात मर्जरमा जान सकुन् । बीमा कम्पनी मर्जरमा जाँदा घाटा नहुने बीमा कम्पनीहरु मर्जरमा जादाँ कुनै पनि घाटा नहुँने बीमा डा.विज्ञ घिमिरे बताएका छन् ।

Prabhu
Crest

मर्जरमा गए पनि कम्पनीहरु अहिलेको अवस्था भन्दा तल नखस्कीने उनले बताए । काठमाडौमा आयोजित बीमा कम्पनीहरुको मर्जर आवश्यकता र चुनौतीको बिषयक छलफल कार्यक्रम बोल्दै विज्ञ घिमिरे मर्जरबाट कम्पनीहरुलाई घाटा नभए पनि थुप्रै चुनौतीहरु भएको समेत उनले बताए ।

बीमा कम्पनीहरु भनेको कानुनी संस्था हुन् । प्राकृतिक व्यक्ति होईनन् । मर्जर भनेको कम्पनीका कर्मचारी र सञ्चालनको मिलन हो । यदी मिलन भएन भने कम्पनीहरु धरासयी उनले बताए । ‘हतारमा नगरौ । बरु एक दुई बर्ष लागोस,’ उनले भने ।

बीमा कम्पनी नै बन्द हुन सक्ने
सरकारले समाजिक सुरक्षा मार्फत बीमा सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै जाँदा कुनै व्यवसायिक कम्पनीहरुको व्यवसाय खस्कन सक्ने बीमा विज्ञ डा.रविन्द्र घिमिरे बताए । ‘सरकारले स्वास्थ्य बिमा बोर्ड, सामाजिक सुरक्षा बोर्ड गठन गरेको छ । भोलिको दिनमा कृषि र लघुबिमा बोर्ड पनि गठन होला,’ उनले भने । त्यसैले सरकारले निश्चित सामाजिक सुरक्षामा बीमा कम्पनीहरुलाई पनि समेट्नु पर्छ ।

बजारमा दक्ष जनशक्ति छन्
नेपालको बीमा बजारमा पर्याप्त मात्रामा दक्ष जनशक्ति उपलब्ध भएको बीमा बिमा विज्ञ घिमिरेले बताए । कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृतका लागी आफनै नजिकको मानिस खोस्ने भएका कम्नपीहरु प्रमुख कार्यकारी विहिन भएको उनले बताए । ‘बजारमा दक्ष व्यक्ति छन् । तर, उनीहरुले कम्पनीमा जागिर पाउँदैनन् । किनभने उनीहरु सञ्चालकका आफन्त होइनन्,’ उनले भने । यसमा नियमनकारी निकायको कुनै दायित्व पनि हुने उनले बताए ।

जनसंख्याको धेरै बीमा कम्पनी
नेपालको जनसंख्याका आधारमा धेरै बीमा कम्पनी भएको बीमा विज्ञ डा.घिमिरेले बताए । नेपालमा प्रति सात लाख जनसंख्या बराबर एउटा कम्पनी छ । जुन अन्य मुलुकको तुलनामा धेरै भएको उनले बताए । ‘कम्पनीलाई लाईसेन्स दिनु अगाडी अध्ययन गर्नुपर्छ । एउटा व्यक्तिको निर्णयले लाईसेन्स दिनु हुदैनथ्यो,’ उनले भने । अहिले नेपालको निर्जीवन बीमा कम्पनीमा धेरै प्रतिस्पर्धा भएको उनले बताए ।

नेपालमा बैकले बीमा चलाए
नेपालको बीमा बजारमा बैकले बीमा कम्पनी चलाएको बीमा विज्ञ डा. घिमिरले बताए । अन्य मुलुकमा बीमा कम्पनीेले बैक चलाएका छन् भने नेपालमा बैकले बीमा चलाएको उनले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS