(क)व्यक्तिका लागि महत्व
१.सुरक्षा प्रदान
बीमाले व्यक्तिको जीवन बीमा तथा सम्पत्तिको जोखिम विरुद्ध सुरक्षा प्रदान गर्दछ । जीवन बीमाको हकमा बीमितको मृत्यु भएको अवश्थामा तथा जीवन बीमा अवधि समाप्त भएको अवश्थामा बीमितको आश्रीत तथा निजलाई नै एकमुष्ट रकम भुक्तानी गरिन्छ । यसबाट बीमित वा बीमितको आश्रीतलाई ठुलो क्ष्ाितपुर्ति प्राप्त हुन्छ । बीमाले बुढेुसकाल, आगलागी, चोरी, डकैती जस्ता जोखिमहरु विरुद्ध आर्थिक सुरक्षा प्रदान गर्दछ ।
२. मनमा शान्ति
बीमाले विभिन्न प्रकारका जोखिमहरु विरुद्ध आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले व्यक्ति तनाव तथा डरबाट मुक्त रहन्छ । उसको मनमा शान्ति प्राप्त हुन्छ र राम्रोसँग कार्य सम्पादनगर्न हौसला प्राप्त हुन्छ । बीमा नभएको भए आँधी, आगजनी, तुफान, दुर्घटना, चोरी डकैती, मृत्यु जस्ता नियन्त्रण गर्न नसकिने विपदहरुले मानिसको मनलाइृ कमजोर बनाउने र सदैव चिन्ता तथा तनावग्रस्त रहने थिए ।
३. निर्भरतामा कमी
परिवारको मूलरुी अर्थात कमाउने व्यक्तिको अचानक मृत्यु भएमा वा बहुमुल्य सम्पत्तिको क्षति भएमा परिवारका सदस्यलाई पिडा हुन जान्छ । यसबाट अन्य व्यक्ति वा समाजमा भर पर्नु पर्ने हुन सक्छ । बीमा गरेको रहेछ भने त्यस्तो निर्भरतामा कमी आउँछ । बीमाले विभिन्न जोखिमहरुको विरुद्ध आर्थिक संरक्षण प्रदान गरेर परनिर्भरतामा कमी ल्याउन सकिन्छ ।
४. बचतमा प्रोत्साहन
जीवन बीमा बचतको राम्रो माध्यम हो । मुनाफमा सरिक हुने जीवन बीमको अवधि समापत हुनासाथ बीमितले निजले भुक्तानी गरेको बोनस वापतको रकम एकमुष्ट फिर्ता पाउँछ । यदि बीमा अवधिको बीचैमा निजको मृत्यु भएमा निजको हकवालालाई उक्त रकम फिर्ता दिइन्छ । बीमा गरे पश्चात बोनस सहित रकम फिर्ता पाइने हुनाले बचतका रुपमा जीवन बीमा गर्न प्रोत्साहन मिल्दछ ।
५. नाफामूलक
जीवन बीमामा गरिको लगानीले कुनै विपत्तिकम कारणले क्षति भएमा सोको क्षतिपूर्ति पाइने हुनाले लगानीलाई नाफादायक बनाउन सकिन्छ । मुनाफामा सरीक हुने सावधिक जीवन बीमामा बीमकको मुनाफाको हिस्सा बोनसको रुपमा बीमितले पाउने हँदा सो वापत आर्जित आयलाई नाफादायक लगानी मान्न सकिन्छ ।
६. आवश्यकता पूर्ति
व्यक्तिका विभिन्न आवश्यकताहरु रहन्छन् । जस्तै परिवारि आवश्यकता, बुढेसकालको आवश्यकता, छोराछोरीको आवश्यकता, शैक्षिक आवश्यकता आदि । बीमाले मानिसका यस्ता आवश्यकताहरु पूरा गर्न सहयोग गर्दछ । त्यसैले बीमाको ठूलो महत्व रहेको छ ।
७. कर लाभ
जीवन बीमा २५ हजार रुपैयाँ सम्मको वार्षिक बीमाशुल्क बुझाउने गरी बीमा गरेको रहेछ भने बढीमा सो रकम बराबरको कर छुट पाइन्छ, यसलाई कर लाभ भनिन्छ । यसरी कर लाभ दिने प्रचलनले बीमा गर्न मानिसलाई प्रोत्साहित गर्नुको साथै आर्थिक अवश्थामा समेत सुधार आउँछ ।
(ख) व्यवसायका लागि महत्व
१. अनिश्चित हानीबाट संरक्षण
बीमाले व्यवसायमा हुनसक्ने ठूलाठूला हानिबाट संरक्षण गर्दछ । व्यवसायमा ठुलो लगानी भएको हुन्छ , जसमा उधोग, भवन, गोदाम, मेसिन तथा औजारहरु रहेका हुन्छन् । थोरै मात्र असवाधानी तथा दुर्घटनाले ठूलो क्षति हुन सक्छ । यसबाट जीउधनको साथै तेस्रो पक्षको समेत क्षति हुन सक्छ । कुनै कारणले क्षति भएको सम्पत्तिको क्षतिपुर्ति बीमकबाट प्राप्त हुन्छ ।
२. दक्षतमा वृद्धि
व्यवसायका कार्यकारी प्रमुख वा अन्य कर्मचारी विभिन्न व्यवसायिक जोखिमहरुबाट निश्चित रहेमा कडा मेहनत तथा बढी समय समपर्ण गर्न सक्दछ । नाफा अधिकीकराणको लागि उसले राम्रोसाग कार्य सम्पादन गर्न सक्दछ । यसबाट उसको व्यवसायिक निपुणता तथा दक्षतामा वृद्धि हुन जान्छ ।
३. व्यापार व्यवसायमा सुविधा
व्यापार व्यवसायमा सामानहरु एक स्थानबाट अर्को स्थानमा ल्याउने कार्य गरिनै रहनु पर्दछ । सामान ढुवानी गर्दा बाटोमा विभिन्न जोखिमहरु आइपर्ने हुन सक्छ । त्यस्तो जोखिबाट आर्थिक सुरक्षा प्राप्त गर्नका लागि बीमाले महत्वपूर्ण सहयोग गराउँदछ ।
४. व्यापार व्यवसायमा निरन्तरता
बीमाल व्यापार व्यवसायको निरन्तरताका लागि विभिन्न प्रकारका वित्तीय सुरक्षा उपलब्ध गराउँदछ । व्यापारमा कुनै कुनै कारणले नोक्सानी भएके खण्डमा बीमाले उक्त नोक्सानीके क्षतिपूर्ति प्रदान गर्दछ ।
५. शाखको आधार
- बीमाको कारणले उक्त व्यवसाय सुरक्षित छ भन्ने सरोकारवाला तथा आम मानिसमा पर्ने हुनाले मानिसहरुको उक्त व्यवसाय प्रतिको धारणा सकारात्मक बन्दछ ।
- बीमा गरिएको व्यवसायको शाख वृद्धि हुँदै जान्छ ।
- अन्तत उक्त शाखको बिस्तारले व्यवसायको मूल्य अधिकीकरण गर्न सभाउ पुर्याउँदछ ।
६. कर्मचारीको कल्याण
कुनै व्यवसाय वा संस्थामा कार्यरत कर्मचारीहरुको बीमा गरिएको छ भने उनीहरुले जोखिम विरुद्ध आर्थिक सुरक्षा प्राप्त गर्दछन् । त्यस्तै व्यवसायको बीमा गर्दा व्यवसायको लागत र मानव साधनको खर्च कम हुन जाने हुनाले कर्मचारीहरुलाई राहत महशुस हुनुका साथै कर्मचारीको कल्याण समेत हुन्छ ।
(ग) समाजका लागि महत्व
१.देशको आर्थिक विकास
बीमा बापत प्राप्त रकमले देशमा आवश्यक पूँजीको ठूला हिस्सको पूर्ति गर्न सक्दछ । हाल नेपालमा बरुीमकहरुले समेत जगेडाकोष कोषको रुपमा रहेको खर्बौ रुपैयाँ वाणिज्इ बैंकहरुमा लगानी गरेका छन् । बैंकमा भएको लगानी विभिन्न विकास मुलुक क्षेत्रहरुमा लगानी भईरहेको छ । यस्तो लगानीले देशको आर्थिक विकासमा दीर्घकालरुीन रुपमा सकारात्मक प्रभाव पर्दछ ।
२. मुद्रास्फितिमा कटौति
बीमाले जोखिमहरु विरुद्ध सुरक्षा प्रदान गर्ने र बीमकहरुको जगेडाकोष उत्पादनशील क्षेत्रमा लगानी हुने हुनाले यसले अन्तत. मुद्रास्फितिमा कटौत ीगर्न सघाउँ पुर्याउँछ । बीमाले सामाजिक र उत्पादनको लागतमा कटौती हुने हुनाले मुद्रास्फितिलाई न्यून बनाउँछ ।
३. सम्पत्तिको सुरक्षा
बीमाले सार्वजनिक सम्पत्तिको आर्थिक सुरक्षा प्रदान गर्दछ । यदि कुनै विपत्तिका कारण सम्पत्तिको क्षति भएमा बीमाले त्यसको क्षतिपूर्ति गर्ने हुनाले बीमाले सार्वजनिक सम्पत्तिको आर्थिक सुरक्षा प्राप्त हुन्छ ।
४. सामाजिक विसंगतीमा कटौती
दैवी प्रकोप, युद्ध, दुर्घटना, बेरोजगारी जस्ता कारणले समाजमा विभिन्न प्रकारका खरावीहरु ल्याउँछन् । तर बीमाले सुमाजमा देखापर्ने त्यस्ता जोखिमहरु विरुद्ध संरक्षण प्रदान गरेर संभावित खरावीहर रोक्न मद्दत गर्दछ । यसबाट सामाजिक मूल्य मान्यताको संरक्षण गर्न समेत सहयोग प्राप्त हुन्छ ।
स्रोत :बीमा चिनारी