नयाँ जीवन बीमा कम्पनी मध्ये बोनस घोषणामा पहिलो बन्यो प्रभु लाइफ इन्स्योरेन्स

3712

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७४/७५ का लागि बोनसदर घोषणा गरेको छ । बीमा समितिबाट स्वीकृति पाएपछि कम्पनीले बोनसदर घोषणा गरेको हो ।

कम्पनीले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३० रुपैयाँ देखि अधिकत्तम ७० रुपैयाँ बोनसदर घोषणा गरेको हो । बीमा अवधि २५ बर्ष भन्दा माथि भएका बीमा योजनाका लागि कम्पनीले ७० रुपैयाँ बोनस कायम गरेको छ । सो आवको आर्थिक स्थितीको लेखाजोखा र दायित्व मुल्यांकन सम्बन्धी प्रतिवेदनबाट कम्पनीले नयाँ बोनसदर घोषणा गरेको हो ।

यो बोनसदर गत असार सम्मका बीमितलाई मात्र लागू हुनेछ । साथै, कम्पनीको आगमी वित्तीय मुल्यांकन नभएसम्म यो अन्तिम बोनसदरको रुपमा रहने छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्