आइएमई लाईफको कुल बीमा शुल्क आर्जन रकम ५० करोड माथि

835

आइएमई लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन रकम १९६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले यस आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ५० करोड २१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीको खुद बीमा शुल्क आर्जन रकम ८९ प्रतिशतले वृद्धि हुँदै ४८ करोड ४१  लाख पुगेको ४१ लाख छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ९ करोड ६० लाख खुद नाफा गरेको छ । कम्पनीको प्रति शेयर आम्दानी ९  रुपैयाँ १५ पैसा रहेको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्