Prabhu Life Ad Final

भाषा र संस्कृतिको सही सदुपयोग गर्ने नेपाली धनी बन्छ :अध्यक्ष तिमिल्सिना

IME PAY

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल भाषा र संस्कृतिमा धेरै धनी देश भएको बताएका छन्।काठमाडौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘वर्तमान परिप्रेक्ष्यमा सामाजिक एवं सांस्कृतिक रूपान्तरणका लागि पश्चिम नेपालको आकांक्षा र आवाज’ विषयक सांस्कृतिक गोष्ठीमा बोल्दैे अध्यक्ष तिमिल्सिनाले बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको संस्कृति विभाग र अनुसन्धान, उद्यमशीलता एवं दिगो विकास केन्द्र, धनगढीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको प्रकृति, धार्मिक, भाषा र संस्कृतिलाई सही सदुपयोग गर्न सके छिट्टै मुलुक समृद्ध बन्ने धारणा व्यक्त गरेका थिए ।

NCHL

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले एउटै विषयबस्तुलाई नेपाली, संस्कृत र अंग्रेजी भाषामा प्रकाशन सुरु गरेको त्रैमासिक पत्रिका ‘प्रसङ्ग’ को बिमोचन गरेको थियो ।

पत्रिका बिमोचनछि उहाँले नेपालमा रहेका विभिन्न भाषा, संस्कृतिलाई प्रबद्र्धन गरी विश्वभर चिनाउनुपर्ने बताउनुभयो । प्रसङ्ग पत्रिकाले तीन भाषालाई एउकै ठाउँमा जोड्ने उद्देश्यले थालेको प्रकाशन प्रशंसनीय भएको भन्दै शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा पत्रिकाका प्रधान सम्पादक सुभाषचन्द्र भण्डारीले संकृत भाषाको जगेर्ना, नेपाली भाषाको अन्तर्रा्िष्ट्रयकरण र कला, साहित्य, संस्कृतिको क्षेत्रमा योगदान पुग्ने भएकाले यसरी तीन भाषामा पत्रिका प्रकाशन गरिएको बताए ।

उनले तीन–तीन महिनामा प्रकाशन हुने यो पत्रिकामा कुनै न कुनै विशेष विषयलाई उठान गरिने जानकारी दिए। उनले यो अंक संस्कृति विशेषांक बनाइएको बताएका थिए ।

कार्यक्रममा पत्रिकाका प्रकाशक उर्मिला पनेरुले समाजमा बौद्धिक योगदान गर्ने अवधारणसँगै आएको पत्रिकाले समाजलाई केही सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए ।

 

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x