गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लि.र कलेज अफ मेडिकल साइन्स (चितवन) बीच उपचार सेवामा बिशेष छुट दिने सम्झौता भएको छ ।उक्त सम्झौतामा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले र कलेज अफ मोडिकल साइन्स चितवनका तर्फबाट प्रमुख संचालक अधिकृत डा. सुप्रभात श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार इन्स्योरेन्स कम्पनीका कर्मचारी, कर्मचारीहरुका परिवारलाई, बीमीत र बीमा अभिकर्ताहरुलाई अस्पतालले सेवा शूल्कमा बिशेष छुट प्रदान गरिनेछ ।
साथै अस्पतालमा कार्यरत कर्मचारीहरु तथा निजका परिवारलाई जीवन बीमा गराँउदा बिशेष सहुलियत दरमा बीमाशूल्क निधारण गरी बीमालेख जारी गर्ने भएको छ ।