IME Life

एशियन लाईफ र गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद भर्न छुट्लानि?

SPIL
NIC ASIA

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २ वटा बीमा कम्पनीहरुको हकप्रद शेयर निष्काशन भईरहेको छ । हकप्रद शेयर निष्काशन गर्ने कम्पनीहरुमा एशियन लाईफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

Prabhu
Crest

एशियन लाईफ इन्स्योरेन्स: एशियन लाईफ इन्स्योरेन्स कम्पनीले चैत्र २५ गते देखि ६० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकत्ता रू १ सयमा ७५ लाख ४० हजार ३ सय ५२ दशमलव ७३ कित्ता हकप्रद विक्री गरिरहेको छ । यस हकप्रदमा शेयरमा फागुन २१ गतेसम्म शेयर किन्ने शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । उक्त हकप्रदमा २०७६ साल वैशाख २९ गतेसम्म आवेदन दिन सकिन्छ अर्थात ३ दिन बाँकी छ । कम्पनीको हकप्रद विक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी २ अर्ब १ करोड भन्दा बढी पुग्नेछ । एनआइबीएल एस क्यापिटलको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय लालदरबार, लगनखेल, चिप्लेढुङ्गा पोखरा, बुटवल, वीरगन्ज र विराटनगरबाट यसमा आवेदन दिन सकिन्छ । एसियन लाइफको केन्द्रीय कार्यालय, शाखा कार्यालयहरु र सि–आस्वाबाट पनि आवेदन दिन सकिनेछ ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीस् गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत २८ गतेदेखि ५० प्रतिशतको अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीको हकप्रद शेयर भर्न यही चैत ५ गतेसम्म शेयर खरीद गर्ने शेयरधनीले मात्रै पाउने छन् । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख ७० हजार कित्ता हकप्रद निश्कासन गरिरहेको छ । उक्त हकप्रदमा २०७६ साल जेष्ठ १ गतेसम्म आवेदन दिन सकिन्छ अर्थात ७ दिन बाँकी छ ।

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको ५९ करोड ४० लाखको चुक्ता पुँजीलाई २९ करोड ७० लाख रुपैयाँले बढाउने गरी हकप्रद जारी गरेको हो । हकप्रद शेयरमा आवेदन दिन योग्य लगानीकर्ताहरुले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, लक्ष्मी बैंक लिमिटेडका उपत्यका भित्रका ललितपुर , महाराजगञ्ज र वाहिरका विरगञ्ज, विराटनगर, भैरहवा, पोखरा, नारायणगढ, नेपालगञ्ज, धनगढी, जनकपुर, इटहरी, दमक, धरान, लहान, स्याङ्जा, सुर्खेत, दाङ, महोत्तरी, सल्यान, दोलखा, काभ्रेपलाञ्चोक, तनहु र मकवानपुरका शाखाकार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । यसका साथै सि—आस्वा सदस्यता लिएक बैंक तथा वित्तीय संस्थाबाट सि—आस्वा प्रणालीमार्फत पनि शेयर भर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS