IME Life
Beema Board

विदेशबाट फर्केका युवाहरुलाई खुशीको खबर, विना धितो १० लाख ऋण दिन एनएमबी बैंक तयार, ऐतिहासिक सम्झौता सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

वैदेशिक रोजगारीबाट सीप सिकेर फर्केकाका लागी केपी ओली नेतृत्वको सरकारले गरेको ऐतिहासिक घोषणा कार्यान्वयनमा आउने भएको छ । नेपाल सरकारले युवाहरुलाई नेपाल भित्रै ब्यवसाय गर्न प्रोत्साहन गर्नेगरी लक्षित गरेर घोषणा गरेको ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा योजनाको कार्यनयन स्वरुप आज एनएमबी बैंक,राष्ट्रिय युवा परिषद् र रिटर्नी माईग्रेन्ट नेपालबिच सहमतीपत्रमा हस्ताक्षर भएको हो । होटल अन्नपूर्णमा भएको हस्ताक्षर संगै अब युवाहरुले विना धितो पहिलो चरणमा १००० युवाले रु दशलाख सम्म सहुलियतपूर्ण ऋण पाउने छन् । नेपाल सरकारले लिएको लक्ष्य अनुरुप एनएमबि बैंक ऋण दिन तयार भएपछि देशमा केही गरौं भन्ने युवाहरुकोलागि बाटो  खुलेको छ ।

Prabhu
Crest

यस्तो छ आज राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल,एमएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र रिटर्नी माईग्रान्ट नेपालका अध्यक्ष उत्तम अधिकारीको संयुक्त हस्ताक्षर भएको सम्झौता पत्रको पुर्ण पाठ :

राष्ट्रिय युवा परिषद, एनएमबी बैङ्क लिमिटेड र रिटर्नी माइग्रेंन्ट नेपाल बीच सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ कार्यान्वयन गराउँदै युवा उद्यमशिलता प्रबर्द्दन गर्नका लागि हस्ताक्षर गरिएको त्रिपक्षीय समझदारी पत्र !

काठमाण्डौ‚ नेपाल
बैशाख‚२०७६

१। पृष्ठभूमि नेपाल सरकार अर्थमन्त्रालयद्वारा यूवाहरूमा लक्षित गरी यूवाहरूलाई नेपाल भित्रै व्यवसाय गर्न प्रोत्साहित गर्न र नेपालको मौलिक पहिचान, कृषी, पर्यटन, वन, जडिबुटी, खनिज तथा जलश्रोत र विज्ञान र प्रविधि क्षेत्रमा गरिने उद्यमहरूमा परियोजना धितो राखी सरकारको तर्फबाट व्याज अनुदान सम्बन्धी सहुलियतपूर्ण कर्जा योजना जारी भए वमोजिम यसको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्घोषका साथ राष्ट्रिय युवा परिषद्, एनएमबि बैङ्क लि। र रिटर्नी माइग्रेन्ट नेपाल बीचको सहकार्यमा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ कार्यान्वयनमा सहजिकरण गराउँदै युवा उद्यमशिलता प्रवर्धन गर्नका लागि, भक्तपुर जिल्ला स्थित सानो ठिमीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय युवा परिषद् (जसलाई यसपछि प्रथम पक्ष भनिने छ) र काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं। ११ स्थित एनएमबि बैङ्क लि। )जसलाई यसपछि दोस्रो पक्ष भनिने छ), र का.म.न.पा.७, चावहिल स्थित रिटर्नी माइग्रेन्ट नेपाल (जसलाई यसपछि तेस्रो पक्ष भनिने छ) का बीच नेपाली युवाको समग्र विकासका लागि युथ भिजन(२०२५ का पाँच आधारस्तम्भहरूको परिधिभित्र रही समृद्ध नेपाल निर्माणका लागि उद्यमी, कर्मठ र स्वस्थ्य युवा निर्माण गर्न यो समझदारी वाञ्छनिय देखिएकोले समझदारीपत्रमा हस्ताक्षर गरी एक आपसमा आदान प्रदान गरिएको छ ।

प्रथम पक्ष

राष्ट्रिय युवा परिषद् नेपाली युवाहरूको समग्र विकासको लागि राष्ट्रिय युवा परिषद् ऐन, २०७२ अनुसार गठन भएको एक स्वशासित संगठित संस्था हो । नेपाल सरकारबाट तयार गरिएको युवा विकासका दीर्घकालीन रणनीतिहरूको कार्यान्वयन यसको मुख्य लक्ष्य हो भने त्यसको लागि गुणस्तरीय र व्यावसायिक शिक्षा, रोजगारी उद्दमशीलता र सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकास तथा खेलकुद र मनोरञ्जन जस्ता पाँच आधारस्तम्भहरूमा केन्द्रित रही सरकारी, गैरसरकारी तथा नीजि संघ संस्थाहरूसँगको सहकार्यमा राष्ट्रिय युवा परिषद्ले आफ्ना गतिविधिहरू अघि बढाई रहेको छ । युथ भिजन २०२५ को दोस्रो आधारस्तम्भ वमोजिम राष्ट्रिय युवा परिषदले स्थापनाकाल देखि नै युवाहरुलाई उद्यमशिलतामा आकर्षित गर्नका लागि व्याज अनुदान तर सावाँ रिभाल्बिंग फन्डका रुपमा राज्यलाई फिर्ता गर्ने र राज्यको आर्थिक व्ययभार कम गराउँदै थप युवाहरुमा लगानी बढाउँदै जाने नीति अवलम्वन गरी युवा उद्यम कार्यक्रम सञ्चालन गर्दै आएको छ । देशैभरका युवाहरुबाट परियोजना प्रस्ताव आव्हान गरी जिल्ला हुँदै केन्द्रसम्म छनोट समितिले छनौट गरी वित्तीय संस्थामार्फत लगानी हुँदै आएको छ । शैक्षिक प्रमाणपत्रका आधारमा उद्यमशिलताका लागि ऋण कार्यक्रमले शिक्षित युवाहरुमा सकारात्मक उत्साह जगाएको छ । राष्ट्रपति यूवा महिला उद्यम कार्यक्रम मार्फत महिला र दलित समुदायका यूवाहरूलाई लक्षित गरी उद्यम प्रर्वधन र शसक्तिकरणमा केन्द्रित गरिएको छ ।

दोस्रो पक्ष

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम संचालनमा रहेको एनएमबि बैंक लि.को प्रधान कार्यालय काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं। ११, एनएमबि भवन, बबरमहल स्थित रहेको छ । यो विगत बीस बर्ष भन्दा बढि समय देखि नेपालको विभिन्न क्षेत्रमा शाखा विस्तार गरी उच्चस्तरीय सेवा पुर्याउँदै आएको एक भरपर्दो कमर्शियल बैङ्क हो । नेपाल राष्ट्र बैङ्कबाट इस्वि सम्वत २००८ मा ुकु वर्गको इजाजत प्राप्त यस वित्तीय संस्था इस्वी संवत २०१७ र २०१८ मा लगातार दुई पटक बैङ्क अफ दि इएर बाट सम्मानित भएको छ । आर्थिक गतिविधिको सही परिचालन मार्फत समुदायको विकास गर्दै समृद्ध नेपाल निर्माणमा सहभागी हुने लक्ष्य लिएको एनएमबी बैंकले उद्यमशिलता प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

तेस्रो पक्ष

रिटर्नी माइग्रेन्ट नेपाल वैदेशिक रोजगारीबाट फर्किएका नेपाली युवाहरूको सिप, दक्षता, श्रम र पूँजिको सम्मान गर्दै प्राप्त चलरअचल सम्पतिको उचित परिचालनमा समन्वयकारी भूमिका खेल्न राष्ट्रिय युवा परिषदको सहयोगमा स्थापित गैर(नाफामूलक संस्था हो । वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सको उपलब्धिमूलक क्षेत्रमा लगानी हुनुपर्ने, राज्यले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको दक्षता तथा पुँजिको समेत व्यवस्थित लगानी गर्न राज्य र फर्किएका युवाहरू विचको पूल निकायको रूपमा काम गर्दै आएको छ । वैदेशिक रोजगारिका शिलशिलामा विश्वका विभिन्न देशहरुबाट फर्किएका युवाहरूको मनोवल उच्च राख्दै उद्यमी युवा वनाउन समन्वयकारी भूमिका खेल्दै आएको छ ।

२. समझदारीको उद्देश्य

क.नेपाल सरकार अर्थ मन्त्रालयको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ कार्यान्वयनमा सहयोग पुर्याउने,
ख.सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि, २०७५ बमोजिम योग्य रहेका बैदेशिक रोजगारबाट फिर्ता भएका व्यक्ती तथा समुहलाई कर्जा प्रवाह गर्ने,
ग.उद्यमशीलताका माध्यमबाट युवालाई उत्पादनसँग जोड्ने र रोजगारी तथा स्वरोजगारको अवसर सृजना गर्न सहयोग पुर्याउने,
घ.युवा लक्षित कार्यक्रमहरूको कार्यान्वयनमा सरकारी, वित्तीय र गैरसरकारी संस्था बीचको समन्वय मजबुत गराउने र सहकार्यको वातावरण तयार गर्ने ।

३. अपेक्षित उपलब्धि

क.नेपाल सरकार अर्थ मन्त्रालयको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुसार बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह हुनुपर्ने नीतिको कार्यान्वयन भएको हुने,
ख.सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि, २०७५ बमोजिम योग्य रहेका बैदेशिक रोजगारबाट फिर्ता भएका लगायतका व्यक्ती तथा समुहलाई प्रथम पक्षको समन्वयमा, तेस्रो पक्षको सिफारिसमा दोस्रो पक्षबाट कर्जा प्रवाह भएको हुने,
ग.तालिमप्राप्त र लगानीको सुनिश्चितता भएका युवाहरू आफू पनि उत्प्रेरित हुने र समस्त युवा वर्गमा उद्यमशीलताका माध्यमबाट युवा रोजगारी तथा स्वरोजगारीको अवसर उपलब्ध हुने,
घ.राष्ट्रिय युवा नीति र युथ भिजन(२०२५ मा परिकल्पना गरिए अनुरूप युवा परिषद, वित्तीय संस्था र गैर(सरकारी संस्था बीचको सहकार्य मजबूत भएको हुने ।

४. प्रथम पक्षको भूमिका

क.सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ कार्यान्वयनका लागि तेस्रो पक्षको सिफारिसमा आएका युवाहरूलाई परामर्श, तालिमको लागि संयोजन तथा व्यवस्थापन गर्ने,
ख.विदेशबाट फर्केका युवाहरुले कृषि तथा पशुपालन लगायत अन्य व्यवसाय गर्ने भएमा प्रथम पक्षले परियोजना क्षेत्रमा अन्य संस्थासँग समन्वय गरी आवश्यक विशेषज्ञहरुको ब्यवस्था मिलाउनका लागि सहयोग गर्ने,
ग.तेस्रो पक्षको सिफारिसमा प्रवाह भएको कर्जाको अनुगमन, थप परामर्श र सुधारका लागि सुझाव तथा पृष्ठपोषण दिने,
घ. यस्ता ऋणीहरुलाई कर्जाको सदुपयोग तथा दक्षता अभिबृद्धिसंग सम्बन्धित तालिम दिने,
ङ.दोस्रो पक्ष र तेस्रो पक्षको वीच समन्वयको भूमिका निर्वाह गर्ने,
च.तेस्रो पक्षको सिफारिसमा आएका उद्यमीहरूलाई परामर्श र तालिम दिइ त्यसको जानकारी दोस्रो पक्षलाई उपलब्ध गराउने ।

५.दोस्रो पक्षको भूमिका

क.युवाहरुले विदेशमा सिकेको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसका आधारमा बैंकले प्रति ऋणी अधिकतम रु।१०,००,०००।– (अक्षरेपी दश लाख मात्र) सम्म कर्जा प्रदान गर्नेछ र यसरी प्रवाह हुने कर्जाको सीमा हाललाई रु एक अरव सम्मको हुनेछ । आवश्यकताको आधारमा बैंकबाट कूल प्रवाह हुने रकमको सीमालाई बढाउँदै लगिने छ ।
ख.सिफारिस भई आएका ऋणीलाई कर्जा प्रवाह गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने अधिकार बैंकमा निहीत रहने छ ।
ग.ऋणीहरुले बैंकबाट लिएको कर्जाको बैंकलाई समय समयमा बुझाउनु पर्ने किस्ता रकम, ब्याज लगायतका रकम नबुझाएमा बैंकले प्रथम तथा तेस्रो पक्षलाई सोको जानकारी दिनु पर्नेछ र तेश्रो पक्ष तथा प्रथम पक्षले कर्जा असुलीमा आवश्यक सहयोग गर्नेछन् । तर यस व्यवस्थाले बैंकको नियमानुसार कर्जा असुलीको कारवाहीमा असर पर्नेछैन् ।

६. तेस्रो पक्षको भूमिका

क.तेस्रो पक्षले योग्य ऋणी छनौट गर्नको लागि आवश्यक समन्वय गर्ने र ऋणी र कर्जा प्रदायकबीच समन्वयात्मक भूमिका खेल्ने ।
ख.व्यवसायिक योग्यता, क्षमता र रुचिका आधारमा एकल वा सामुहिक ऋणीको नाम सिफारिस गर्ने ।
ग.दोस्रो पक्षबाट प्रवाह गरिने कर्जा प्राप्त गर्न प्रथम पक्षसँगको सहकार्यमा छनौट भएका युवाहरूलाई परियोजना प्रस्ताव निर्माण र तालिम प्रदान गराउन सहजीकरणको भूमिका निर्वाह गर्ने ।
घ.यस सम्झौता बमोजिम कर्जा लिने ऋणीहरुबाट उत्पादित सामानहरुलाई बजारको पहुँच पुर्याउन तेस्रो पक्षले सहयोग गर्ने ।
ङ.वैदेशिक रोजगारबाट फर्किएका युवाहरुको विवरण संकलन र व्यवस्थापन आवश्यक्ता अनुसार प्रथम र दोश्रो पक्षलाई उपलब्ध गराउन सहयोग गर्ने ।
च. रोजगारीको सिलसिलामा देश बाहिर जाने तथा गएका युवाहरुलाई दोश्रो पक्षको बैंकमा खाता खोली विप्रेषण लगायतका कारोबार गर्न तेश्रो पक्षले प्रोत्साहन गर्नेछ । नियमित रुपमा खातामा जम्मा भएको रकमको आधारमा दोश्रो पक्षले त्यस्ता निक्षेपकर्ताहरुलाई कर्जा प्रवाह गर्दा बिशेष सुबिधा प्रदान गर्नेछ ।
७.विविध
क.बैंकले ऋणीहरुलाई प्रवाह गरेको कर्जाको ब्याजदर तथा अन्य शुल्क सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ को अधिनमा रहि बैंकद्वारा ऋणीको नाममा जारी हुने कर्जा स्वीकृतिपत्रमा उल्लेख भए बमोजिमको हुनेछ ।
ख.यसरी प्रवाह गरिने कर्जा ऋणीको परियोजनाको धितोमा प्रवाह हुनेछ र कर्जा चुक्ता नभएसम्म ऋणीले परियोजनाको अनिवार्य विमा गराएको हुनुपर्नेछ ।
ग.ऋणीहरुलाई प्रथम तथा तेस्रो पक्षले कुनै रकम तथा सुविधारसहयोगको रकम भुक्तानी गर्दा यस बैंकमा रहेको ऋणीको खाता मार्फत मात्र गर्नुपर्नेछ ।
घ.यस सम्झौता बमोजिम रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसमा कर्जा लिने ऋणीहरुले अन्य कुनैपनि बैंक तथा वित्तीय संस्था, ब्यक्ति, सहकारी संस्थाहरुबाट ऋण कर्जा लिनु पर्ने भएमा बैंकको सहमति लिनु पर्नेछ । यसका लागि तेश्रो पक्षले समन्वयकारी भूमिका निर्वाह गर्नेछ ।
ङ.कार्यान्वयनका क्रममा कुनै अस्पष्टता वा विवाद आएमा तीनै पक्षको आपसी समझादारीको माध्यमबाट समाधान गरिने छ
च.तीनै पक्षको समन्वयमा सम्झौताको शर्तमा परिवर्तन गर्न सकिने छ ।
छ.सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ को दायरा भन्दा बाहिरका ऋणीको परियोजना तथा कर्जाको जोखिमलाई हेरी बैंकले थप धितो माग गर्न सक्नेछ ।
ज. बैंकबाट प्रवाह भएको कर्जाको आवस्यकता अनुसार पुनरावलोकन तथा ऋणीहरुको परियोजनाको अवलोकन त्रीपक्षीय रुपमा गर्न सकिनेछ ।
झ. यस सम्झौताको व्याख्या एवं कार्यान्वयन र यस सम्झौतामा नपरेका विषयहरू प्रचलित कानून बमोजिम हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS