IME Life
Beema Board

३०० प्रतिशत हकप्रदको मूल्य समायोजन भैसकेको एभरेष्ट इन्स्योरेन्सको वास्तविक ईपिएस कति ?

SPIL
NIC ASIA
Sanima Reliance

एभरेष्ट  इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमास सम्म ६० करोड ४७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ४२ करोड ७३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क आर्जन रकम ४२ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

नोट : कम्पनीको प्रतिशेयर आम्दानी गणना गर्दा ३०० प्रतिशत हकप्रद लाई पूँजीमा समायोजन गरिएको छ।

कम्पनीले २९ करोड ४८ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । खुद बीमा शुल्क आर्जन रकम २७६ प्रतिशतले वृद्धि भएको छ ।

९ महिनाको अवधिमा कम्पनीले ४ करोड १ लाख रुपैया खुद नाफा गरेको छ । खुद नाफा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा ३२ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको जगेडा कोष २५ प्रतिशतले वृद्धि हुँदै १३ करोड ८ लाख पुगेको छ भने बीमा कोष भने १४ प्रतिशतले वृद्धि हुँदै २१ अर्ब ६९ करोड पुगेको छ ।

कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम ७८ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको तेस्रो त्रैमासकोविवरण अनुसार कम्पनीले ४६ करोड ९७ लाख भुक्तानी हुन् बाँकी छ ।

कम्पनीले ३०० प्रतिशत हकप्रद शेयरको लागि बुक क्लोज गरिसकेको अवस्था छ । सो हकप्रदलाई पुँजीमा समायोजन गर्दा कम्पनीको पुँजी १ अर्ब ९ करोड हुन्छ। अहिलेको खुद नाफालाई बुक क्लोज पछि कायम शेयर संख्याले भाग गर्दा कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ४ रुपैया ८९ पैसा आउछ ।

कम्पनीले सार्वजनिक गरेको रिपोर्टमा  प्रति शेयर आम्दानी गणना गर्दा ३०० प्रतिशत हकप्रद शेयरको बुक क्लोज हुनु अघिको पुँजीबाट गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS