महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड र देवः विकास बैंक लिमिटेड बीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र देवः विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता भए सँगै देवः विकास बैंक लिमिटेडले देशभर रहेका आफ्ना ४७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।
इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल,कोहलपुर,सुर्खेत, दाङ्ग, धनगढी, बिर्तामोड, वानेश्वर, पेप्सीकोला, ललितपुर, कलंकी, हात्तीगौडा, चाबहिल र सामाखुशीबाट कारोबार प्रारम्भ गरिसकेको जनाएको छ ।