नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

नेप्सेमा सोमबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनीको र नाडेप लघुवित्त वित्तीय संस्थाको हकप्रद र बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।

एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२२ दशमलव ५० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८३७दशमलव ६६ रुपैयाँ रहेको छ ।

नाडेप लघुवित्तको १५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ५३२दशमलव १७ रुपैयाँ रहेको छ । संस्थाको आधार मूल्य प्रतिकित्ता ४७२ दशमलव ६४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार