IME Life

युनिभर्सल पावर कम्पनीमा लुट lll १४ करोड ४२ लाख गायब, सर्वसाधारणको १ अर्ब जोखिममा

SPIL
NIC ASIA

गत महिना आईपिओ निष्काशन गरेको युनिभर्सल पावर कम्पनीभित्र करोडौंको घोटाला भएको तथ्य सार्वजनिक भएको छ । आईपिओमार्फत आम सर्वसाधारणस“ग उठाइएको करोडौं रकम सन्चालकहरु निजी कम्पनीमा सुटुक्क सार्दा समेत सेयरधनीहरुले जानकारी पाएका छैनन । नियामक निकाय नभएको र साधारण सेयरधनीहरुको प्रतिनिधित्व सन्चालक समितिमा नभएको फाइदा उठाउ“दै चारजना सञ्चालकको लगानी रहेको एउटा कम्पनीमा १४ करोड रुपैया सारिएको छ । यस बिषयमा नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्टारको कार्यालयमा सम्पूर्ण बिवरणसहित उजुरी दर्ता हु“दा समेत गुपचुप पारिएकाले ठुलै घोटाला भएको आशंका सेयरधनीहरुको छ ।

Prabhu
Crest

युनिभर्सल पावर कम्पनीले गत माघ २५ गते वाट सार्बजनिक शेयर निष्काशन गरेको थियो । त्यसमा कम्पनीले सेयरवापत ७५ करोड ६१ लाख रुपैंया संकलन गरेको थियो । त्यसअघि उसले २१ करोडभन्दा बढी रकमको सेयर दोलखाको स्थानीय बासिन्दालाई बिक्री गरिसकेको थियो । यसरी आइपिओमार्फत नै यस कम्पनीले करिब ९७ करोड रुपैंया संकलन गरेको छ । सेयर निष्काशन गर्ने बेलामा सार्वजनिक गरिएको बिवरणपत्रमा आइपिओमा संकलित पुँजी निर्माणधिन खारे जलबिद्युत आयोजनाका लागि लिइएको ऋण तिर्ने कार्यमा खर्च गरिने उल्लेख छ ।

तर, पैसा देखेपछी सन्चालकहरुको तेस्रो नेत्र पलाएको छ । उनीहरु आइपिओमा उठेको रकम ऋण नतिरी अर्को कम्पनीमा सारेका छन् । साधारण सभामा कुनै छलफल नै नगरी र मुख्य प्रबद्र्धकहरुलाई जानकारी नै नदिईकन रकम जथाभावि खर्च गरिएको पाइएको छ । आइपिओ जारी गरेपछी साधारणसभा बोलाइसकिएको छ । सो साधारणसभाले कुल ७ जना सन्चालकमध्ये ३ जना सन्चालकहरु साधारणसेयरधनीबाट चुन्नेछ । पव्लिक सेयरहोल्डरको प्रतिनिधी आएपछी घोटाला गर्न पाइन्न भन्ने हिसावले अहिले रहेका चारजना सन्चालकहरुले करोडौ रुपै.या हिनामिना गरेका छन ।

युनिभर्सल पावरका सञ्चालक समितिको एकल निर्णयका आधारमा राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रर्सन कम्पनीमा १४ करोड ४२ लाख १८ हजार ७ सय रुपैया सारिएको छ । राप्ती हाइड्रोपावर अहिले युनिभर्सलका सन्चालकहरु चारजनाको लगानी रहेको निजी कम्पनी हो । आइपिओमा संकलित रकम बैंक ऋण तिर्ने भनिएकोमा नतिरी राप्ति हाइड्रोपावरको सेयरमा लगानी गरिएको भन्दै ट्रान्सफर गरिएको छ ।

अचम्मलाग्दो त के छ भने पव्लिक कम्पनीको रुपमा रहेको युनिभर्सल पावरमा हाल चारजनाको सन्चालक समिति छ । । तीन दर्जनभन्दा बढी संस्थापक सेयरधनी रहेको यस कम्पनीका चारैजना सन्चालकहरु एउटै प्रबद्र्धक कम्पनीको प्रतिनिधीको रुपमा आएका छन । युनिभर्सलमा जम्मा २ प्रतिशत सेयर रहेको खारे इन्भेष्टमेन्ट कम्पनीको प्रतिनिधीको रुपमा सन्चालक बनेका अनिल रुगंटा, उत्तम ब्लोन लामा, बिनय भण्डारी र रमेशप्रसाद नेपालले आइपिओमाफृत उठेको करिब ९७ करोड रुपैया हिनामिना गर्दा समेत कसैले प्रश्न पठाउन सकेका छैनन ।

२ अर्ब २० करोड चुक्तापुजी रहेको कम्पनीले ४० प्रतिशत सेयर सर्बसाधारणलाई बिक्री गरिसकेको छ । स्थानीयबासिलाई १० प्रतिशत र आम सर्बसाधारणलाई ३० प्रतिशत सेयर बिक्री गरिएको छ । हाल युनिभर्सलका सबै सन्चालक खारे इन्भेष्टमेन्ट प्रालिबाट प्रतिनिधित्व गर्छन । यसअघि बिनय भण्डारी अध्यक्ष रहेकोमा उनी प्रवन्ध निर्देशक बनेर अनिल रुगटालाई अध्यक्ष बनाइएको छ । रु“गटा खारे इन्भेष्टमेन्टको तर्फबाट ध्रुबराज मिश्रलाई हटाएर प्रतिनिधित्व गर्न आएका हुन । उनी नै खारे इन्भेष्टमेन्टका् अध्यक्ष छन र मिश्रचाही राधी जलबिद्युतको अध्यक्ष बन्न पुगे ।

त्यस्तैसोही कम्पनीबाट बसन्त राउतलाई हटाएर उत्तम लामालाई सन्चालक बनाइएको छ । त्यस्तै खारेबाटै दिपेन्द्र कर्णको स्थानमा रमेशप्रसाद नेपाललाई सञ्चालक बनाइएको छ । खारे इन्भेष्टमेन्टका्े नाममा जम्मा २ प्रतिशत मात्र सेयर छ । सा् कम्पनीमा रुगटा अध्यक्ष छन भने बिनय भण्डारी र रमेश नेपाल सन्चालक छन । जम्मा २ प्रतिशत लगानी रहेको सस्थाबट ३ जना सन्चालक प्रतिनिधित्व गर्दै उनीहरुले आफुखुशी ३० हजार सर्बसाधारणको करिब १ अर्ब रुपैया दुरुपयोग गरिरहेका छन ।

उता रकम सारिएको राप्ती हाइड्रो उनीहरुको निजी कम्पनी हो । जसमा रुगटासहित लामा, नेपाल र भण्डारीको व्यक्तिगत लगानी छ । सन्चालकहरुको व्यक्तिगत लगानी रहेको कम्पनीमा युनिभर्सलको आइपिओ बिक्री गरेर आएको २९ करोड सार्ने तयारीका साथ काम भैसकेको छ । आधा रकम लगानी भन्दै सारिसकिएको र पछी पुजीबृद्धीमा हकप्रद भन्दै सार्ने तय भएको छ । बन्दै नबनेको आयोजनाका लागि बैंकको ऋण तिर्ने प्रयोजन भन्दै आइपिओ निष्काशन गरेर अर्को व्यक्तिगत परियोजनामा रकम लगानी गरिएको छ । यो गम्भीर आर्थिक अपराध हो । तर यसबारे नियमन गर्ने निकाय कुनै भेटिएको छैन ।

युनिभर्सलका १० जना संस्थापक सेयरधनीहरुले पव्लिक डाइरेक्टर चुनिने बेला भएको अवस्थामा हतार हतार करोडौं रुपैया आफ्नो नीजि कम्पनीमा सारेको र करोडौं हिनामिना गरेको बिषयमा उजुरी दिएका थिए । गत फाुगन २६ गते धितोपत्रबोर्डमा उजुरी दर्ता गराइएको भए पनि कुनै सुनुवाई नभएको उनीहरुको गुनासो छ । ‘बोर्डका कार्यकारी निर्देशक निरज गिरीलाई भेटेर पटकपटक जानकारी गराएका छौं । पव्लिक कम्पनीमा सर्बसाधारणसग उठाइएको करोडौ रुपैया चारजना मिलेर खाएको उजुरी गर्दा पनि वास्ता गरिएन’, युनिभर्सलका एक संस्थापकले सेयर बजारस“ग भने ।

युनिभर्सल पावर कम्पनी दुई बर्षअघि नै विवादित कम्पनी हो । हाइड्रोपावर बनाउने भन्दै कोरियामा समेत गएर ठुलो रकम उठाएको सो समुहले अहिले आम सर्बसाधारणबाट झण्डै अर्ब रुपैया ठग्न सफल भएको छ । बैंक ऋण तिर्ने प्रयोजनका लागि भनेर उठाइएको रकम ऋण नतिरी आफ्नो नीजि कम्पनीमा लगानी गरिएको भनिएको छ । जबकी रकम हालिएको राप्ती हाइड्रोपावर उनीहरुको आफ्नै कम्पनी हो । पव्लिक कम्पनीको सेयर बेचेको रकम उनीहरुले आफ्नो लगानीको कम्पनीमा हालेका छन । यो एकदम गम्भीर आर्थिक अपराध हो । तर नियामक नभएका कारण यसमा कारवाही गर्ने कुनै निकाय छैन ।

युनिभर्सलका सन्चालकहरु रुगंटा, लामा, भण्डारी र नेपाल सबैजना सिईडिबी हाइड्रो भन्ने कम्पनीका हुन । उनीहरुले चारपाच वटा यस्तै हाइड्रोपावर कम्पनीको जन्जाल बनाएका छन । एउटा कम्पनीबाट रकम उठाउ“दै अर्को कम्पनीमा सार्ने र आफु सोही कम्पनीको सन्चालक बनेर घोटाला गर्ने गरिएको छ । यसअघि राधी हाइड्रोपावरको आइपिओ निष्काशन गरेको रकम पनि बैंक ऋण नतिरी यस्तै अर्को कम्पनीमा सारेर खाएका थिए ।

चैत्रभित्रै साधारणसभा गरेर पव्लिक डाइरेक्टरको चुनाव गर्नुपर्ने भए पनि उनीहरुले जेठको दोस्रो साता मात्रसाधारणसभा बोलाएका छन । आइपिओमा उठेको रकम सबै सकाउने र नया“ आउने सन्चालकहरुलाई ऋणको भारी बोकाएर आफु पन्छिने योजना उनीहरुको छ । उनीहरुले राप्ती हाइडोपावरको सेयरमा युनिभर्सलको साढे १४ करोड लगानी गरेको र थप १४ करोड थप्ने योजना बनाएका छन ।

कतिसम्म भने हाल युनिभर्सल पावरमा जोजो सन्चालक छन, उनीहरुको यसमा कुनै पनि लगानी छैन । आफ्नो व्यक्तिगत लगानी नरहेको र खारे इन्भेष्टमेन्टको प्रतिनिधीको रुपमा आएका कारण उनीहरुले यस कम्पनीको कुनै माया हुने कुरा भएन । सन्चालकहरुले प्रतिनिधित्व गरेको खारे इन्भेष्टमेन्टको लगानी जम्मा २ प्रतिशत मात्र छ । यसैकारण आगामी दिनमा आफु सन्चालक नरहने भएका कारण उनीहरुले कम्पनीमा भएको सबै रकम अन्यत्र आफ्नो निजी कम्पनीमा सारेर आफु पनि भाग्ने योजना बनाएको बुझिएको संस्थापक सेयरधनीहरुको आरोप छ ।

कम्पनीका संस्थापक सेयरधनीहरु नै कम्पनी डुबेको भन्दै उजुरी गर्दै गुहार माग्दै हि“डिरहेको अवस्थामा स्थानीय बासिन्दा र आम सर्बसाधारणले आइपिओमार्फत गरेको ९६ करोड ६१ लाख लगानी लगभग डुबेको अनुमान गर्न सकिन्छ ।
जलबिद्युत क्षेत्रको नियामक निकाय नभएका कारण संस्थापक सेयरधनीहरुले धितोपत्र बोर्ड र कम्पनी रजिष्टारमा उजुरी गरेका थिए । तर कुनै सुनुवाई नभएको उनीहरुको गुनासो छ । ‘हामीले उजुरी गरेपछी सन्चालकहरुस“ग बार्गेनिङ गरेर रकम खान सजिलो भयो’, एक उजुरीकर्ता भन्छन, ‘बोर्डमा निरज गिरी र कम्पनी रजिष्टारमा टङ्क भट्टराईलाई सबै कागजात बुझाएका छौं । तर उनीहरु नि भ्रष्टाचारीस“गै मिले ।’

संस्थापक सेयरधनीहरुको समुह आफुलाई पनि यसैगरी फसाएको बताउ“छ । हाइडोपावर बनाउने भनेर रकम उठायो तर हामीलाई एउटा कागजबाहेक केही जानकारी दिएको छैन । अहिले भेट्न खोज्दा समेत सन्चालकहरु लुकेर हिडछन । त्रिपुरेश्वरमा उनीहरुले युनिभर्सल पावरको कार्यालय भने पनि त्यहा“ एक दर्जनभन्दा बढी कम्पनीको कार्यालय राखेको र कसैले केही बुझन नसक्ने अवस्था रहेको उनीहरुको भनाई छ । उनीहरु भन्छन, ‘सन्चालकहरुको व्यवहार शंकाष्सपद देखिएपछी हामी उजुरी दिएका हौं । यसमा सर्बसाधारणको एक अर्बभन्दा बढी लगानी दुरुपयोग हुने संभाबना छ ।’
सर्बसाधारणलाई ४० प्रतिशत सेयर बेचिसकेको र सर्बसाधारणको तफृबाट सन्चालक नआएको अवस्थामा उनीहरु कम्पनी टाट पल्टाएर ऋण मात्रै बोकाई भाग्ने संभावना देखिन्छ । अहिले जम्मा २ प्रतिशत सेयर रहेको समुहको मात्र सन्चालक समितिमा प्रतिनिधित्व छ ।
युनिभर्सलको नाममा ८.२६ मेगावाटको अनुमतिपत्र प्राप्त भएकोमा २.७४ मेगावाट थप गरि ११ मेगावाटको आयोजना बनाउने भनिएको छ । हाल यसको काम ठप्प छ ।

लगातार ’नेगेटिभ सर्किट’
युनिभर्सल पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा लगातार १० औ दिन नेगेटिभ सर्किट लागेको छ । कम्पनीको शेयर कारोबार चैत्र १० गतेदेखि सुरु भएको थियो । त्यसयता हरेक दिन कम्पनीको शेयर मूल्य ९.५ प्रतिशत भन्दा बढीले घटिरहेको छ । युनिभर्सल पावरको ग्एऋी सिम्बलबाट कारोबार खुला भएको हो। कम्पनीको सुरुवाती कारोबारको लागि नेप्सेले १ सय १ रुपियाँ ११ पैसादेखि ३ सय ३ रुपियाँ ३३ पैसा सम्मको सुरुवाती रेन्ज तोकेको थियो । कम्पनीको नेट वर्थको आधारमा नेप्सेले सुरुवाती मूल्य तोकेको हो ।

कम्पनीको पहिलो दिनको पहिलो कारोबार ३०० रुपियाँमा भएको थियो। सोहि दिन शेयरमूल्य १० प्रतिशतले घटेर २७० मा अन्तिम कारोबार भयो । त्यसपछिका हरेक दिनमा कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । नेप्सेमा कम्पनीको २ करोड १० लाख ३ हजार ५ सय कित्ता शेयर सुचिकृत भएको हो ।

  • चैत्र २४ गतेको सेयरबजार साप्ताहिकबाट साभार

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS