नेपाल इन्भेष्टमेण्ट बैंकको ७९ औं शाखा पेप्सिकोला टाउनप्लानिङमा


नेपाल इन्भेष्टमेण्ट बैंकको ७९ औं शाखा काठमाडौंको पेप्सिकोला टाउनप्लानिङमा विस्तार भएको छ । सिनामंगल स्थित पेप्सिकोलाको टाउनप्लानिङमा बैंकले शाखा खोलेसँगै ११२ औ एटिएम पनि संचालनमा ल्याइएको छ ।

बैंकका संचालक प्रजन्यराज भण्डारी, सूर्य प्रकाशलाल श्रेष्ठ, निरन्जनलाल श्रेष्ठ, भुवनेश्वरप्रसाद शाह तथा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायतको सयुक्त उपस्थितिमा शाखा तथा एटिएमको उद्घाटन गरिएका थियो ।
बैंकका शाखाहरु काठमाडौं उपत्यकाभित्र २४ र बाहिर ५५ वटा संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार