IME Life

आठ सय साठ्ठी रुपैयाँमै विधार्थीको बीमा हुने

SPIL
NIC ASIA

आठ सय साठ्ठी रुपैयाँमै विधार्थीको बीमा हुने भएको छ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले नेपाल मै पहिलो पटक विधार्थीहरुलाई लक्षित आइजीआई विधार्थी बीमालेख सार्वजनिक गरको छ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आइजीआई बीमालेख सार्वजनिक गरे सँगै विधार्थीहरुको आठ सय साठ्ठी रुपैयाँमै बीमा हुने भएको हो ।

आइजीआई विधार्थी बीमालेख योजना कम्पनीका अध्यक्ष्य हेमराज ढकाल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बोदे श्रेष्ठले संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।उक्त बीमालेख कक्षा १ देखि कक्षा १२ सम्म अध्ययन गर्ने विधार्थीहरु लाई लक्षित रहेको छ ।

Prabhu
Crest

आइजीआई विधार्थी बीमालेखले रक्षावरण गर्ने जोखिमहरु

आइजीआई बीमालेखले निम्न जोखिमहरुको रक्षावरण गर्नेछ ।

बीमित विधार्थीको दुर्घटनाको कारण बाट मृत्यु भएमा १ लाख रुपैयाँ तथा विधार्थीको आमा वा बुबा मध्ये कुनै एक जनाको हकमा बीमा अवधिभर ५ लाख रुपैयाँ बराबरको बीमाङक रकम कायम गरिएको छ ।स्थायी पूर्ण अशक्तता भएमा, बीमित विधार्थीको हकमा बीमाकं रकमको ३०० प्रतिशत वा ३ लाख रुपैयाँ तथा विधार्थीको आमा बुबाको हकमा बीमाकं रकमको शतप्रतिशत सम्मको जोखिम बहन गरिनेछ ।

अगभग भएमा बीमित विधार्थीको हकमा बीमाकं रकमाको शतप्रतिशत १ लाख सम्म तथा आमा बुबाको हकमा बीमाकं रकमको ५० प्रतिशत २ लाख ५० हजार सम्म जोखिम बहन गर्नेछ ।अस्थायी पूर्ण अशक्तता भएमा बीमित विधार्थीको हकमा विधालयको मासिक शैक्षिक शुल्क वापत प्रति महिना अधिकतम १० हजार रुपैयाँ मा नबढ्ने गरी २ महिना सम्मको शुल्क भुक्तानी गरिनेछ ।

औषधोपचार खर्च

दुर्घटनाको कारणले औषधोपचार गर्नु परेमा बीमित विधार्थीको हकमा बीमाकं रकमको २५ प्रतिशत २५ हजार रुपैयाँ सम्मको औषधोपचार सुविधा कायम गरिएको छ ।
बीमित विधार्थीको हकमा बिरामि भई अस्पतालमा भर्ना हुनु परेको अवश्थामा बीमकं रकम ५० हजार रुपैयाँ कायम गरिएको छ । साथै यसमा अस्पतालको शैया शुल्क प्रतिदिन अधिकतम २ हजार रुपैयाँ सम्म हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS