IME Life

युनिभर्सल पावरको बजार मूल्य १०० मुनि, किन हाईड्रोपावरलाई दोश्रो बजारको साथ भएन ?

SPIL
NIC ASIA

केही समय अघि आईपीओ निस्काशन गरेको युनिभर्सल हाईड्रोपावरको शेयर मूल्य अंकित मूल्य भन्दा पनि मुनि पुगेको छ । कारोवर सुरु भएको दिन बाटै निरन्तर घट्दै आज सम्म आँउदा बजार मूल्य १०० रुपैँया भन्दा मुनी आएको छ । आज कम्पनीको बजार मूल्य ९८ रुपैयाँ प्रति कित्ता बन्द भएको छ ।

आज कम्पनीको मार्केट डेप्थ हेर्दा बजारमा बिक्री कर्ताको संख्या राम्रै भएपनि खरीद कर्ताको संख्या निकै न्यून थियो ।

Prabhu
Crest

हाइड्रोपावरको आईपीओ निष्काशन गर्दा स्थानीयले पूर्ण आवेदन नदिने र सर्वसाधारण जनतालाई शेयर बिक्री गर्न पनि कम्पनीलाई हम्मे हम्मे पर्ने गरेको छ । विज्ञापनमा राम्रै रकम खर्च गरेर आईपीओको सूचना निकाले पनि लगानीकर्ताले मरिहत्ते गरेर शेयर हाल्न छोडेका छन् । यसको प्रमुख कारण भनेको दोश्रो बजारमा हाईड्रो कम्पनीको शेयरको मूल्य नै हो ।

प्रत्यक्ष नियामक निकायको अभाव संगै हाईड्रोपावरमा लगानीकर्ताहरुको विस्वास घट्दै छ । कम्पनीको प्रति मेगावाट लागतमा प्रत्यक्ष निगरानी गर्ने निकायको अभावले गर्दा हाईड्रोपावर सेक्टर प्रति नै लगानीकर्ताको विश्वास घट्दै आएको छ । यसै बीच प्रति मेगावाट लागत निकै धेरै भएका, ग्रेडिङ्ग गर्दा खराब रेटिङ्गआएका कम्पनीहरुलाई आईपिओ अनुमति दिदा हाईड्रोपावरको दोश्रो बजारमा रुची घटेको जानकार बताउँछन ।

देश जलश्रोतको दोश्रो धनी देश हो । देशको आर्थिक सम्वृद्धिको एउटा प्रमुख पाटो भनेको जलविधूत विकास हो । त्यसैले राज्यले यस क्षेत्रको विकासका निमित्त केही नासोचेमा एकदिन साधारण शेयर आईपिओ नै नबिक्ने अवस्था आउँन सक्छ जसको संकेत देखिन थालिसकेको अवस्था छ ।

प्रत्यक्ष नियमनकारी निकायको व्यवस्था, कमजोर रेटिङ्ग भएका हाइईड्रोलाई आईपिओ निस्काशनमा रोक, प्रति मेगावाट लागत धेरै भएका हाईड्रोपावर कम्पनीलाई साधारण शेयर निस्काशनमा बन्देज र प्रति मेगावाट लागतमा हुने अनियमतालाई राज्यको निकायले सुस्म निगरानी गरिनु पर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS