IME Life

सनराईज बैंकको डिवेञ्चर आजबाट, के हो डिवेञ्चर भनेको ? फाईदा कति ?

SPIL
NIC ASIA

तोकिएको दर र समयमा सावाँ तथा ब्याज भुक्तानी गर्ने सर्तमा जारी गरिएको धितोपत्रलाई डिवेञ्चर भनिन्छ । यसको अङ्कित मूल्य साधारणतः रु. १००० हुन्छ ।

डिवेञ्चरवालाहरुले आफूले गरेको लगानी रकममा तोकिएको दरमा वार्षिक वा अर्ध वार्षिक रुपमा ब्याज प्राप्त गर्दछन् । साधारण शेयर र अग्राधिकार शेयरमा लाभांश दिनु अघि नै डिवेञ्चरवालाहरुले ब्याज प्राप्त गर्दछन् ।

Prabhu
Crest

सङ्गठित संस्था नोक्सानीमा गए पनि डिवेञ्चरवालाहरुले तोकिएको ब्याज प्राप्त गर्न कुनै वाधा पर्दैन । डिवेञ्चरवाला र सङ्गठित संस्थाको सम्बन्ध साहु र ऋणीको जस्तो हुन्छ ।
कम जोखिम लिन चाहने लगानीकर्ताहरूको रोजाइमा डिबेञ्चर पर्छन् । डिबेञ्चरमा जोखिम निकै कम हुन्छ तर प्रतिफल स्थिर हुन्छ ।

डिबेञ्चरलाई दोश्रो बजारबाट खरिद बिक्री गर्न सकिन्छ तर नेप्सेमा डिबेञ्चर कारोवार भएको देखिदैन । नेप्सेले प्रत्यक हप्ता निष्कासन गर्ने साप्ताहिक समीक्षाको अन्त्यमा “यस सातापनि डिबेञ्चरको कारोवार नभएको“ कुरा उल्लेख गर्छ र यो सधैँ चल्दै आएको छ । लामो समय मुद्दती निक्षेपमा रकम राख्ने लगानीकर्ताहरुलाई भने डिबेञ्चर लगानीको एउटा सुरक्षित औजार हुन सक्छ ।

कस्तो छ सनराईज बैंक को ऋण पत्र ?

सनराईज बैङ्कले चैत्र २० गते देखि कुल १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएको छ । प्रति कित्ता रु १००० अङ्कित मूल्य रहेको ऋणपत्रमा ४० करोड बराबको ऋणपत्र सर्वसाधारणलाई र बाँकी ६० करोड बराबको ऋणपत्र व्यक्तिगत तवरबाट अन्य कम्पनीहरुलाई बिक्री गरिने छ ।

“१०% सनराईज डिबेञ्चर २०८० “नाम रहेको यस ऋणपत्रले वार्षिक १० प्रतिशतका दरले व्याज दिने छ । ब्याज प्रत्येक ६ महिनामा भुक्तानी हुनेछ ।

लगानीकर्ताले छिटोमा चैत्र २५ गते भित्र आवेदन दिन पाउनेछन् तर सो अवधिमा पुरै निस्काशान गरिएको ऋणपत्र बिक्री नभएमा ढिलोमा बैशाख १९ गतेसम्म आवेदन दिन पाउनेछन् । आवेदन दिदाँ न्युनतम २५ कित्ता देखि आवेदन दिन सकिने छ । ऋणपत्रको अवधि ५ वर्ष रहेको छ ।

के गर्ने ?

लगानीकर्ता जो अन्य क्षेत्रमा लगानी गरेर राम्रो प्रतिफल लिन सक्नु हुन्छ उहाँकालागि ऋणपत्र राम्रो विकल्प हुन सक्दैन किनकि ५ वर्ष सम्म एउटा निश्चित ब्याजमा बस्नु पर्ने बाध्यता हुन्छ ।

तर लगानीकर्ता जो सँग पैसा संचित छ र धेरै वर्ष बैङ्कको मुद्दतीमा पैसा राख्ने योजना छ उहाँहरुको लागि भने ऋण पत्र एउटा राम्रो विकल्प हुन् सक्छ । भविष्यमा बैङ्कले दिने निक्षेपको दरमा कमी आउँन सक्छ तर ऋणपत्र जुन व्याज दरमा बिक्री खुल्ला गरिएको हो परिपक्क हुदाँसम्म पनि त्यहीं व्याज भुक्तानी हुन्छ ।

ऋणपत्रमा लगानी ठिक की बेठिक भन्ने कुरा लगानीकर्ताको प्रकृतिमा भर पर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS