IME Life

आपत्कालिन कार्यसञ्चाललाई सक्रिय बनायो रेडक्रसले

SPIL
NIC ASIA

 

नेपाल रेडक्रस सोसाइटीले बारा र पर्सा जिल्लाहरुमा हावाहुरी प्रतिकार्यका लागि आपत्कालिन कार्यसञ्चालन केन्द्रलाई सक्रिय बनाएको छ ।

Prabhu
Crest

चैत १८ गते विहान नेपाल रेडक्रसका अध्यक्ष संजीव थापाको संयोजकत्वमा बसेको आकस्मिक वैठकले आपत्कालिन कार्यसञ्चालन केन्द्रलाई सक्रिय बनाउने निर्णय गरको हो ।

केन्द्रवाट ब्ाँरा र पर्सा जिल्लाहरुमा स्वयंसेवक परिचालन तथा तयारी खाना वितरणका लागी सहयोग स्वरुप तत्कालै एकलाख पच्चीसहजार नगद पठाउने निर्णय भएको विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले जानकारी दिएका छन् ।

गैह्खाद्द सााग्री वितरणका लागि वीरगंज गोदामघरवाट तत्काल वारा जिल्लामा २०० सेट सामाग्री पठाइने । उनले बताए । यसका अलावा मनोसामाजिक सहयोगका लागी प्रभावित क्षेत्रहरुमा आवश्कताका आधारमा तालिम प्राप्त जनशक्तिको परिचालन व्यवस्था मिलाइने छ ।

दैनिक प्रतिवेदन तयार गर्ने, जिल्लाबाट अवस्थाको विवरण संकलन गर्ने, राष्ट्रिय प्रतिकार्य टोली खटाउन समन्वय गर्ने, गृहमन्त्रालय र अन्य सरोकारवाला निकायसँग समन्वय गर्ने, क्षतिग्रस्त स्थलमा जाने जस्ता टोलीहरु पहिचान गरिएको र उनीहरुले काम सुरु गरिसकेको नेरेसोका सञ्चार निर्देशक दिव्य राज पौडेलले जानकारी दिएका छन् ।

सम्पूर्ण व्यवस्थापन र थप निर्णयका आवश्यक परेमा नेरेसो तयारी अवस्थामा रहेको जानकारी दिदै कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले भन्नुभयोः “तत्कालको अवस्था जाँचमा मोबाइल फोन एप्लिकेशन प्रयोग गरिने तयारी छ”।

बारामा वढी क्षती

चैत्र १७ गते करिब ८ः०० बजे राती आएको हुरीबतासका कारण पर्सामा एक जनाको मृत्यु भएको छ । वारा र पर्साका करिव ५०० जना घाईते वीरगंज स्थित नारायणी क्षेत्रिय अस्पताल, नेशनल मेडिकल कलेज, गण्डकी अस्पताल र वीरगंज हेल्थ केयरमा उपचार भइरहेकोमा केहि घर फर्केको पर्सा रेडक्रसले जनाएको छ । राती आकश्मिक रक्तदान गर्नुकासाथै एम्बुलेन्स र आरकेट प्राथमिक उपचारक टिम परिचालन गरिएको थियो ।

वारा जिल्लामा २७ जनाको मृत्यु भएको र करिव २५० जना स्थानिय अस्पतालमा उपचारार्थ रहेको अवस्था छ । फेटा गापाको विनवलिया, फेटा र पुरौनिया, परसौनी गापाको भरवलिया र खुटवाजवदी, कलैया उनपाको धर्मनगर, माहगढीमाई नपाको तेलकुवा र तेलगाई, शुवर्ण गापाको हर्दिया, परसुरामपुर र वगही त्यस्तै पचरौटा नपाको भेनौली वढी प्रभावित भएका छन् ।
नेरेसो उपशाखा र स्थानिय सरोकारवालहरुको समन्वयमा तयारी खानाको व्यवस्थापन गरिएको छ ।
वारा जिल्लामा २०० थान त्रिपाल र डोरी, वाल्टीन ५०० थान र म्याट १०० थान मौज्दात राखिएको छ । तर, र करिव ५०० परिवारको गैह्खाद्द राहात समाग्रीे आवश्यक पर्नेछ ।नेरेसो वीरगंज गोदामघरमा हाल २,२०० परिवारको को गैह्खाद्द राहात समाग्री मौज्दात रहेको छ ।

रगतको व्यवस्था पर्याप्त 

नेरेसो रक्तसञ्चार केन्द्र, बीरगंजमा ४०० यूनिट रगत र रक्ततत्व व्यवस्था गरिसकिएको छ । पर्साका रक्तसञ्चार इन्चार्ज सौरभ पाण्डेले ः “तत्कालको लागि मौजुदा रगतको भण्डारण पर्याप्त छ । तर, मागको प्रकृति र संख्या यकिन नभएकोले रक्तदाताहरु तयार रहन आवश्यक छ ।”
हिजोदेखि ४ पर्सामा पिन्ट रगत सप्लाई गरिसकिएको छ । वीरगञ्ज नगरपालिकाले निशुल्क रगत प्रदान गर्ने काममा सहयोग गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS