नेप्सेमा छाँयो हरियाली , जीवन र निर्जीवन बीमाको उपसुचकमा वृद्धि

 

साताको अन्तिम दिन नेप्से २ दशमलव ०१ अङ्कले बढेर ११४४ दशमलव ५३ अङ्कमा बन्द भएको छ । २४ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

होटल, डेभलपमेन्ट बैंक, हाइड्रोपावर र फाइनान्स क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।सबैभन्दा धेरै शिवम सिमेन्टको २ करोड ६२ लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै नेपाल सिभिल लघुवित्त वित्तीय संस्थाको सेयरमा ५ दशमलव ८८ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै युनिर्भसल पावर कम्पनीको शेयर ९ दशमलव ५९ प्रतिशतले घट्न पुग्यो ।

जीवन र निर्जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार