Prabhu Life Ad Final

युनियन हाईड्रोपावरको ३४ लाख ६३ हजार कित्ता आइपीओ खुल्यो

IME PAY

हाईड्रोपावर कम्पनी लिमिटेडले आज (चैत १३) देखि साधारण शेयरको सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको छ ।

कम्पनीले ३४ लाख ६३ हजार ६५४ कित्ता साधारण शेयरको बिक्री छिटोमा १७ गते र ढिलोमा बैशाख १२ गतेसम्म हुने जानकारी दिएको छ ।कम्पनीले एक सय रुपैयाँ अंकित ३४ लाख ३४ हजार ३४० कित्ता साधारण शेयरमध्ये कर्मचारीलाई २ प्रतिशत सुरक्षित गरेर बाँकीको आईपीओ जारी गरेको हो ।

NCHL

यसले १० वर्षमा लगानी फिर्ता गर्ने जनाएको छ । यसको प्रतिशेयर आम्दानी गत असोज मसान्तसम्म शून्य दशमलव ६४ प्रतिशत नाकारात्मक रहेको छ ।

यसले तीन वर्ष्भित्रमा प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७० पैसा पुर्याउने उल्लेख छ । यसको संचित नोक्सान हाल ७ करोड ९८ लाख रहेको र आगामी तीन वर्षमा पनि नाफा नहुने उल्लेख छ ।

यस आइपीओमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गरेको छ । युनियनको जारी पुँजी ७५ करोड रुपैयाँ छ । इक्रा नेपालले यो आइपीओलाई कमजोर आधार जनाउने ग्रेड ५ रेटिङ दिएको छ

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x