Prabhu Life Ad Final

दाङ्ग र सल्यानमा आइएमई लाइफको नयाँ शाखा सञ्चालन

IME PAY

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङ्गको घोराही र सल्यानको शारदा नगरपालिकामा शाखा सञ्चालनमा ल्याएके छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले दाङको घोराही शाखा कार्यालयको कार्यालयको उद्घाटन गरेका छन् ।

NCHL

त्यस्तै, सल्यान जिल्लाको शारदा नगरपालिका १, श्रीनगरमा रहेको शाखा कार्यालयको उद्घाटन सल्यान जिल्ला समन्वय समितिका अध्यक्ष केशबहादुर विष्ट र आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालले संयूक्त रुपमा गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति विष्टले जिल्लामा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आगमनले स्थानीय बासिन्दाहरुमा जीवन बीमाको पहुँच र यसप्रतिको भरोसा अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

दुवै उद्घाटन समारोहमा उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य द्वय ध्रुबराज श्रेष्ठ (भारी) र भरत आचार्य, राष्ट्रिय  समाचार समितिका संचालक एवम् सम्पादक एकराज पाठक स्थानीय उधोगी व्यवसायी, आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, सहायक महाप्रबन्धक आशिष सिंह लगायत आइएमई ग्रुपमा कार्यरत उच्च पदस्थ कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x