एभरेष्ट इन्स्योरेन्स र कामना सेवा विकास बैंक बीच बीमा सेवा सम्झौता

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेड बीच बीमा सेवा सम्झौता भएको छ ।
सम्झौतापत्रमा एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतम र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात कामना सेवा विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु उपलब्ध हुनेछन् साथै बिमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार