IME Life

एलआईसी नेपालले १२ प्रतिशत बोनस सेयर प्रस्ताव सहित बेलायो आज साधारणसभामा

SPIL
NIC ASIA


लाइफ इन्स्योरेन्सकर्पोरेसन (एलआइसी नेपाल) ले १२ प्रतीशत बोनस सयेर दिने विशेष प्रस्ताव सहित चैत ४ गते(सोमबार वार्षिक साधारण सभा बोलाएको छ । बोनसमा लाग्ने कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश दिने एजेन्डा पनि छ ।

आर्थिक वर्ष २०७३।७४ को वार्षिक साधारण सभा अहिले गर्न लागेको हो । कम्पनीको गत आर्थिक वर्षको लाभांश र साधारण सभा मितिे घोषणा हुन अझै बाकि नै रहेको छ ।

Prabhu
Crest

सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा हुने भएको छ । प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पनि लगिनेछ ।

यसैगरी उक्त साधारणसभामा प्रमुख कार्यकारी अधिकृतको लेखापरीक्षक अनुमोदन गर्ने र आर्थिक वर्ष २०७४।७५ का लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पेश हुनेछ ।

लाइफ  कर्पोरेसनले साधारण सभा गर्न फागुन २१ देखि चैत ४ गतेसम्म बुक क्लोज गरिरहेको छ । फागुन २० गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ छ । १२ प्रतिशत बोनस सयेर वितरणपछि १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS