एभरेष्ट इन्स्योरेन्स र देव : बिकास बैंक बीच बीमा सेवा सम्झौता

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र देवः विकास बैंक लिमिटेड बीच बीमा सेवा प्रदान सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतम र देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले सम्झौता हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार