सिटिजन लाइफ इन्स्योरेन्स र माछापुछ्रे बैंक बीच बीमा सेवा सम्झौता


सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले  माछापुछ्रे बैंक सँग बीमा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा  सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल  र माछापुछ्रे  बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार ग्राहकहरुले  माछापुछ्रे बैंकका सम्पूर्ण शाखाहरुबाट सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमालेख प्राप्तगर्न, प्रिमियम भुक्तानी गर्न, दाबीगर्न लगायत सम्पूर्ण जीवन बीमा सेवाहरु प्राप्त गर्न सक्नेछ ।

नेपालभर फैलिएका ग्राहकहरुलाई सेवा प्रदान गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालका ६२ विभिन्न ठाँउहरुमा आफ्नो शाखा विस्तार गरको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार