शिवम सिमेन्टको प्रमुख कार्यकारी अधिकृतमा सजन देवकोटा नियुक्त

सजन देवकोटा शिवम सिमेन्टको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले चैत्र १ गतेदेखि लागु हुने गरी देवकोटालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

नवनियुक्त प्रमुख कार्यकारी देवकोटा सँग २२ वर्षको व्यवस्थापकीय कार्य अनुभव रहेको छ । नेस्टले ईण्डिया लिमिटेड, नेपाल लिभर लिमिटेड, वरुण विभरेज नेपाल, नेविको विस्कुट र चौधरी ग्रुप नेपालमा काम गरेको अनुभव रहेको छ । शिवम सिमेन्टमा भने उनी विगत ४ वर्षदेखि आबद्ध रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार