IME Life

ग्राम नम्बर के हो ? ग्राम नम्बर अनुसार वाणिज्य बैंकको अवस्था के छ ?

SPIL
NIC ASIA

कुनै पनि कम्पनीको दुई थरी मूल्य हुन्छ, एउटा मूल्य भनेको कम्पनीको बजार मूल्य जो खरिदकर्ता र बिक्रीकर्ताले निर्धारण गर्छन भने अर्को मूल्य भने कम्पनीको किताबी मूल्य हो । कम्पनीको सम्पत्तिमा दायित्तो घटाएर निकालिएको मूल्य भनेको कम्पनीको किताबी मूल्य अथवा प्रति शेयर नेटवर्थ भनिन्छ । कम्पनी बन्द हुने अवस्थामा कम्पनीको किताबी मूल्य सरह सम्पत्ति लगानीकर्ताले पाउने गर्छन ।

केही कम्पनीलाई छोड्ने हो भने दोश्रो बजारमा कम्पनीको वास्तविक किताबी मूल्यमा कम्पनीको शेयर पाईदैन र अर्को महत्तोपुर्ण कुरा भनेको कम्पनीको आम्दानी (प्रति शेयर आम्दानी जस्ता महत्तोपुर्ण कुराहरु) किताबी मूल्यमा समावेश हुदैनन् ।

Prabhu
Crest

यही कुरालाई मध्य नजर गर्दै The intelligent Investors का लेखक बेन्जामिन ग्रामले ग्राम नम्बरको आविष्कार गरे । ग्राम नम्बरमा कम्पनीको प्रति शेयर आम्दानी र कम्पनीको किताबी मूल्यलाई मध्यनजर गर्दै कम्पनीको आधारभूत मूल्य निकालिन्छ ।

  • ग्राम नम्बर निकाल्दा बेन्जामिन ग्रामले २ वटा कुरालाई आधार लिएका थिए
  • कम्पनीको मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा धेरै हुनु हुदैन
  • कम्पनीको मूल्य र किताबी मूल्यको अनुपात १ दशमलव ५ गुणा भन्दा धेरै हुनु हुदैन ।

के हो ग्राम नम्बरको शुत्र

ग्रामका अनुसार यदी कम्पनीको बजार मूल्य कम्पनीको ग्राम नम्बर भन्दा धेरै छ भने कम्पनी ओभरभ्यालुड हुन्छ भने कम्पनीको ग्राम नम्बर भन्दा कम्पनीको बजार मूल्य थोरै छ भने कम्पनी अण्डरभ्यालूड हुन्छ । ग्रामका अनुसार लगानीकर्ताले दीर्घकालीन लगानीका लागि शेयर खरिद गर्दा कम्पनीको बजार मूल्य ग्राम नम्बर भन्दा थोरै हुनु पर्छ ।

ग्राम नम्बर अनुसार नेपालमा रहेको वाणिज्य बैंकको अवस्था के छ ?

नेपालमा अहिले २७ वटा वाणिज्य बैंकहरुको शेयर कारोवार हुन्छ । २७ वाणिज्य बैंकको औसत बजार मूल्य ३०५ रुपैयाँ रहेको छ भने २७ कम्पनीको औसत ग्राम नम्बर ३०२ रुपैँया रहेको छ । यसको मतलव वाणिज्य बैंकको बजार मूल्य र ग्राम नम्बर उस्तै विन्दुमा छन् ।

ग्राम नम्बर अनुसार २७ वाणिज्य बैंक मध्य १७ वाणिज्य बैंकको बजार मूल्य ग्राम नम्बर भन्दा थोरै छ भने १० वाणिज्य बैंकको बजार मूल्य ग्राम नम्बर भन्दा धेरै छ । ग्रामका् नम्बरका अनुसार नेपालमा १७ वाणिज्य बैंक अण्डरभ्यालुड जोनमा छन् भने १० वाणिज्य बैंकहरु ओभर भ्यालूड जोन मा छन् ।

ग्राम नम्बर भन्दा बजार मूल्य कम भएका वाणिज्य बैंकहरु

ग्राम नम्बर भन्दा बजार मूल्य धेरै भएका वाणिज्य बैंकहरु

नेपाल बैंक लिमिटेडको ग्राम नम्बर र बजार मूल्यको निकै ठुलो अन्तर देखिएको छ । नेपाल बैंक लिमिटेडको ग्राम नम्बर ४७८ रुपैँया छ भने कम्पनीको बजार मूल्य २८९ रुपैयाँ मात्र छ ।

त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको बजार मूल्य ५४० रुपैयाँ छ भने कम्पनीको ग्राम नम्बर ३४८ रुपैँया मात्र रहेको छ ।

कृषि विकास बैंक ,बैंक अफ काठमान्डू ,नबिल बैंक,एन एम बी,प्रभु बैंक लिमिटेडको मूल्य समायोजन पछि बोनस शेयरलाई पुँजीमा जोडेर नयाँ प्रति शेयर आम्दानी र किताबी मूल्य गणना गरिएको

उपलब्ध आधिकारिक तथ्यांकबाट तयार गरिएको यो विस्लेषण पूर्ण होइन, निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS