साताको अन्तिम दिन नेप्से १६ दशमलव ०१ अङ्कले बढेर ११२७ दशमलव ७७ अङ्कमा बन्द भएको छ । २९ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
उत्पादनमूक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।
सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ९९ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै पूर्णिमा बिकास बैंकको सेयरमा ९ दशमलव ९४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै घलेम्दी हाइड्रोपावरको शेयर ४ दशमलव ६७ प्रतिशतले घट्न पुग्यो ।
जीवन बीमा र निर्जीवन बीमा कम्पनीको उपसुचकमा वृद्धि आएको छ ।