IME Life

राजस्व छली गर्ने २४ फर्म विरुद्ध मुद्धा दायर

SPIL
NIC ASIA

राजस्व अनुसन्धान विभागले नक्कली बिल बिजक जारी गरी राजस्व छली गरेको आरोपमा जय किशोर शाह र परमेश्वर शाह सहित २४ वटा फर्म विरुद्ध मुद्धा दायर गरेको छ । विभागले १ अर्ब ७५ करोड विगो कायम गर्दै गत आईतबार काठमाडौ जिल्ला अदालतमा मुद्धा दायर गरेको हो ।

विभागले नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विजकबाट ठूलो परिमाणमा कर छलि भई रहेको भन्ने सुचनाका अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान पछि मजदुरहरुलाई आर्थिक प्रलोभन देखाई उनीहरुको नाममा फर्म दर्ता गरी र बैकमा खाता खोली नक्कली विलको कारोबार गरेको पाईएको विभागले जानकारी दिएको छ ।

Prabhu
Crest

विभागले परमेश्वर शाहलाई गत माघ ३ गते र जय किशोर शाहलाई गत माघ ४ गते नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । विभागले राजस्व चुहावट ऐन बमोजिम अरोपित फर्महरुलाई विगो बापतको रकम असुल गरी दोब्बरसम्म जरिवाना र ३ बर्षसम्म कैद सजायको माग गरेको छ ।

त्यस्तै, विभागले विदेशी बिनिमय अपचलन तथा हुण्डी कारोबारीको आरोपमा गोविन्द सुब्बा र इन्द्रनारायण लिम्बु बिरुद्ध मुद्धा दायर गरेको छ । विभागले गत आईतबार नै ३ करोड ६६ लाख रुपैयाँ विगो कायम गरी काठमाडौ जिल्ला अदालतमा मुद्धा दायर गरेको हो ।

विभागका अनुसार रिलयान्स सब रेमिटका सञ्चालक गोविन्द सुब्बाले इन्द्रनारायण लिम्बु समेतको साझेदारीमा रिलायन्स सब रेमिट दर्ता गरी मलेसियाबाट नेपाल पठाउँने र ल्याउने रकम नेपाल नल्याई नेपालकै एक ठाउँबाट अर्को ठाउँमा पठाएको कारोबार देखाई विदेशी विनिमय अपचलन गर्ने गरेको बताएको छ ।

विभागले विदेशी विनिमय ऐन २०१९ बमोजिम सुब्बा र लिम्बुलाई बिगो रकमको ३ गुणासम्म सजायको र ३ बर्षसम्म कैद सजाय समेत माग गरेको छ ।

साथै विभागले अबैध रुपमा सुनचाँदी खरिद गरी राजस्व चुहावट गरेको कसुरमा ८ जनाको विरुद्ध अदालतमा मुद्धा दायर गरेको छ । विभागले दिपेश कुमार यादव सहितलाई १ करोड ४२ लाख विगो माग दाबी सहित गत आईतबार नै काठमाडौ जिल्ला अदालतमा मुद्धा दर्ता गरेको हो ।

विभागले सिद्धि अर्नामेण्टका हनुमन्त शंकर चौभान, रोहीत पेटल, दिपेश कुमार यादव, राजन कुमार गुप्ता र मनोहर विरुद्ध मुद्धा दायर गरेको छ । उनीहरुको नाममा विभागले २१ लाख ८७ हजार विगो कायम गरेको छ । त्यस्तै, माँ दुर्गा ज्वलेरीका दिनेश प्रसाद साहका नाममा ६० लाख ६४ हजार विगो दाबी गरेको छ । ओम ज्वैलर्सका रामबाबु साह र अनिल कुमार साहको नाममा ५९ लाख ९३ हजार विगो कायम गरी अदालतमा मुद्धा दायर गरेको छ । विभागले विगोको दुई गुणा जरिवाना र ३ बर्ष कैदको माग गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS