IME Life

अभिकर्ता कमिशनको लागी बीमा कम्पनीहरुले खर्चिए ३ अर्ब ८५ करोड

SPIL
NIC ASIA

नेपालमा सञ्चालित बीमा कम्पनीहरुले अभिकर्ता कमिशनको लागी मात्रै ३ अर्ब ८५ करोड रुपैयाँ खर्चिएका छन् । चालु आर्थिक बर्ष २०७५/७६ को दोस्रो त्रैमास अवधिमा कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार कम्पनीहरुले उक्त रकम खर्च गरेको देखिएको छ ।

जसमध्ये जीवन बीमा कम्पनीले ३ अर्ब ६१ करोड रुपैयाँ खर्च गरेका छन् । निर्जीवन बीमा कम्पनीले भने २३ करोड ७५ लाख रुपैयाँ कमिशनमा खर्चिएका छन् ।

Prabhu
Crest

को हो बीमा अभिकर्ता ?

बीमीत र बीमा कम्पनी बिच मध्यस्र्थकर्ताको रुपमा काम गर्ने व्यक्तिलाई बीमा अभिकर्ता भनिन्छ । विश्वमा नै बीमा व्यवसाय अभिकर्तामा आधारित हुन्छ । अभिकर्ताले बीमितलाई बीमा योजनाको बारेमा जानकारी दिएर व्यवसाय कम्पनीसम्म ल्याई पुराउँछन् । कम्पनीहरुले अन्य प्रक्रियाबाट व्यवसाय प्रमोशन नगर्ने भएकाले कम्पनीको व्यवसाय अभिकर्तामा नै आधारित हुन्छ । व्यवसाय ल्याए बापत कम्पनीले अभिकर्ताको लागि निश्चित रकम कमिशन छुटटाएको हुन्छ ।

के छ ऐनमा ?

बिमा ऐनमा बीमा अभिकर्ताको व्यवस्था गरेको छ । बीमा नियमावली अनुसार बीमा अभिकर्ताले बीमा समितिबाट इजाजतपत्र लिनुपर्नेछ । कम्तिमा एसएलसी वा सो सरहको परीक्षा उत्र्तीण गरेको र समितिबाट मान्यता प्राप्त गरेको संस्थाबाट अभिकर्ताको लागि सञ्चालन गरेको सम्बन्धित बिमा व्यवसाय सम्बन्धी तालीममा सहभागी भई प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ । बीमा अभिकर्ताको इजाजपत्र लागि निवेदन दिन चाहने निवेक संगठित संस्थाको कुनै एक जना सञ्चालकको योग्यता सहित पुरा गरेको हुनुपर्नेछ । अभिकर्ताको अवधि १ बर्षको हुनेछ ।

कमिशनको व्यवस्था

बीमा नियमावलीको दफा २३ मा बीमा अभिकर्ताले पाउँने कमिशन रकमको व्यवस्था गरिएको छ । जसमा ५ देखि ७ बर्षे सावधिक जीवन बीमा योजनामा बिमाशुल्कको पहिलो र दोस्रो बर्ष १०/१० प्रतिशत अभिकर्ताले कमिशन पाउँछन् । तेस्रो बर्ष देखि ५ प्रतिशत मात्रै कमिशन पाउँछन् । तर, यस्तो कमिशन बीमा योजनाको प्रकार, बीमांक रकम र बीमा अवधिको आधारमा फरक फरक तोकिएको छ । निर्जीवन बीमाको हकमा भने कमिशनको दर बीमा समितिले नै तोक्ने व्यवस्था छ । साथै कमिशनको रकमको अतिरिक्त बिमकले बीमा अभिकर्तालाई इन्सेन्टिभ बोनस समेत दिन सक्ने भन्ने व्यवस्था गरेको छ । नियमावली अनुसार बीमा अभिकर्ताले पाउँने कमिशन रकम लिन नपाउँदै निजको मृत्यू हुन गएमा निजले पाउँने कमिशन रकम निजको हकवालाले पाउँने समेत व्यवस्था गरिएको छ ।

जीवन बीमा कम्पनीले खर्चिए साढे ३ अर्ब भन्दा बढी

चालु आवको पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरुले अभिकर्ता कमिशन बापत ३ अर्ब ६१ करोड रुपैयाँ खर्चेका छन् । जसमध्ये नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले चालु आवको पुस महिनासम्ममा अभिकर्ता कमिशन बापत १ अर्ब २४ करोड रुपैयाँ खर्चेको छ । त्यस्तै, लाईफ इन्स्योरेन्स कर्पोरेशनले ६३ करोड  ९४ लाख रुपैयाँ खर्चेको छ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले भने ३१  करोड रुपैयाँ खर्चेको छ ।

नयाँ कम्पनीमध्ये युनियन लाईफ इन्स्योरेन्स कम्पनीले २१ करोड ७७ लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेको छ । सिटिजन्सले ६ करोड ७६  लाख रुपैयाँ खर्च गरेको  छ । रिलायन्सले ४  करोड ९४  लाख रुपैयाँ खर्चेको छ ।

निर्जीवन बीमा कम्पनीको खर्च करिब २४ करोड

निर्जीवन बीमा अभिकर्ता कमिशन बापत करिब २३ करोड ७५ लाख रुपैयाँ खर्चेका छन् । जसमध्ये शिखर इन्स्योरेन्सले चालु आवको पुस महिनासम्ममा १ करोड ७८ लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्चेको छ । सिद्धार्थ इन्स्योरेन्सले २ करोड २५ लाख रुपैयाँ र सगरमाथाले २ करोड १८ लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्चेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS