IME Life

सुरक्षित अनलाईन कारोवारका लागि लगानीकर्ताले के कस्ता सुरक्षा अपनाउनु पर्छ ?

SPIL
NIC ASIA

आधुनिक शेयर बजार र अनलाईन कारोवार प्रणाली पर्यायवाची शब्द हुन भन्दा फरक पर्दैन । ब्रोकरलाई भौतिक रुपमा शेयर किन बेच गर्न आदेश दिने युगलाई समाप्त गर्दै अनलाईन कारोवार प्रणालीमा लगानीकर्ताहरुले आफ्नो लागि आफै शेयर खरिद बिक्रीको आदेश दिन सक्छन ।

नयाँ युगको पुँजी बजारमा लगानीकर्ताले घरमा बसी बसी अथवा देश विदेशको जुन सुकै ठाँउबाट शेयर किन बेच गर्न सक्छन ।

Prabhu
Crest

नेपालको कुरा गर्दा अनलाईन कारोवार प्रणाली आउनु भन्दा अघि इण्ट्रानेट मार्फत शेयर किन बेच हुने गथ्र्याे । अनलाईन कारोवार प्रणाली आए पश्चात भने इन्टरनेट मार्फत शेयर खरिद बिक्री हुन्छ । खरिद बिक्री लगानीकर्ताले आफैले गर्न मिल्ने हुनाले त्यँहा जोखिमपनि उत्तिकै हुने गर्दछ । धेरै लगानीकर्ताहरु इन्टरनेटमा अभ्यस्त हुदैनन् त्यसैले अनलाईन कारोवार प्रणालीमा लगानीकर्तालाई शेयर खरिद बिक्री गर्दा केही समस्या आउँन सक्छ । गलत इन्ट्रीले आफ्नो कारोवारमा समस्या देखि क्लोज आउट सम्मको समस्या आउने गर्दछ ।

त्यसैले लगानीकर्ताले अनलाईन कारोवार प्रणालीमा जोखिम न्यूनीकरण गर्नका लागि निम्न कुरामा ध्यान दिनु पर्ने छ :

१. लगानीकर्ताले अनलाईन कारोवारलाई कहिले पनि प्रयोग Trail को रुपमा लिनु हुदैन । आफुले अनलाईन कारोवार प्रणाली पूर्ण रुपमा नजान्दा सम्म प्रयोग गरिएमा कुनै प्रकारको गलत अडरले लगानीकर्तालाई नोक्सानी हुन सक्छ । आफुले नजानेको कुरा ब्रोकरलाई सम्पर्क गरेर लगानीकर्ताहरु अघि बढ्नु पर्छ । आफुले सिस्टम नजान्दा सम्म पहिलाको सिस्टम जस्तै ब्रोकरलाई भनेर शेयर खरिद बिक्री आदेश दिन सकिन्छ ।

२. अनालाईन कारोवार प्रणाली पश्चात युजर नेम र पासवर्ड बाट लागिन गरेर लगानीकर्ताले शेयर किन बेच गर्न सक्छन । तपाईको युजर नेम र पासवर्ड अरु कसैले थाहा पाएमा तपाईको अकाउण्टबाट अर्कैले शेयर कारोवार गर्न सक्छ ।

अनलाईन कारोवारको युजर नेम र पासवर्ड तपाईले गोप्य राख्नु पर्छ । आफ्नो युजर नेम र पासवर्ड डायरी अथवा कम्पुटरमा लेखेर राख्न ठिक हुदैन । आफ्नो पासवर्ड सके सम्म बेला बेलामा परिवर्तन गर्दै जानु पर्छ । धेरै सिस्टमले निश्चित अवधिमा पासवर्ड परिवर्तन गर्न आग्रह गर्छन, यदी तपाईको सिस्टमले त्यसो नभनेमा पनि तपाईले आफैले परिवर्तन गर्न उपयुक्त हुन्छ ।

पासवर्ड राख्दा सके सम्म तपाईको नाम, थर, परिवारको नाम, जन्म मिति जस्ता कुराहरु समावेश नगरेको राम्रै हुन्छ ।

३. साईबर क्याफे र अरु व्यक्तिको कम्पुटर बाट लगिन नगर्नु होला ।

४. तपाँईहरुले आफ्नो शेयर कारोवार गरे पश्चात आफ्नो ब्राउजर (जस्तै क्रोम) बाट बाहिर निस्कनु पर्यो भने जहिले पनि लग आउट गर्नु होला । लग आउट नगरेर सिधै इन्टरनेट ब्राउजर बन्द नगर्नु होला ।

५. अहिलेको प्रणालीमा कसैले तपाईको इमेलको पासवर्ड पायो र तपाईको युजर आईडी पायो भने उसले तपाईको ट्रेड म्यानेजमेन्ट सिस्टमको पासवर्ड सजिलै रिसेट गर्न सक्छ । त्यसैले तपाइले अनलाईन कारोवार प्रणाली लिदाको इमेल आईडीको पासवर्ड पनि निकै सुरक्षित राख्नु पर्दछ ।

६. कम्पुटरलाई सके सम्म कम्पुटर भाइरसबाट बचाउनु होस् ।

७. अपरिचित वा अनौठा इमेल खोल्ने अथवा त्यो इमेललाई फलो गर्ने प्रयास नगर्नुस । ह्याकरहरुले तपाईको डाटा चोर्न अथवा तपाईको युजरनेम र पासवर्ड ह्याक गर्न सक्ने अवस्था आउँन सक्छ ।

८. आफ्नो इन्टरनेट ब्राउजरमा सके सम्म extensions नहाल्नु होला ।

९. कारोवार गर्ने कम्प्युटरमा अनावश्यक सफ्टवेयर प्रयोग नगर्नु होला ।

१०. तपाईले ट्रेड म्यानेजमेन्ट सिस्टम लागिन गर्दा त्यहाँ पासवर्ड सेभ गर्नका लागि तपाईको इन्टरनेट ब्राउजर ( जस्तै क्रोम)ले तपाई लाई सोध्छ, त्यसलाई हुदैन भन्ने अप्सन क्लिक गर्नुस । तपाईको इन्टरनेट ब्राउजर लाई तपाईको युजर नेम र पासवर्ड सेभ गर्न नदिनु होस् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS