IME Life

वान टाईम पासवर्ड के हो र अनलाईन कारोवार प्रणालीमा यसको आवश्यकता किन ?

SPIL
NIC ASIA

OTP(One Time Password) जसलाई One Time PIN पनि भनिन्छ । वान टाईम पार्सवर्ड एक पटक मात्र प्रयोग गर्न सकिने अस्थायी पासवर्ड हो । वान टाईम पासवर्डले लगिनको पुरानो मोडल लाई अझै धेरै सुरक्षित गर्न खोजेको छ ।

पुरानो लगिनको तरिकामा कसैले पनि आफ्नो युजरनेम र पासवर्ड हान्दा उसले कारोवार गर्नका लागि प्ल्याट फर्म पाउने गथ्यो तर ओटीपीको प्रयोगबाट चाँही कुनै पनि लगानीकर्ताले आफ्नो युजरनेम र पासवर्डले मात्र कारोवारको लागि लगिन गर्न पाउँदैन र लगिन गर्नु पूर्व लगानीकर्ताको मोबाईलमा एउटा पिन प्राप्त हुन्छ । युजर नेम र पासवर्ड हाने पश्चात मोबाईल आउने पिन हाने पछि मात्र लगानीकर्ता कारोवारका लागि योग्य हुन्छन । यो पिन एक पटकको लागि मात्र प्रयोग गर्न सकिन्छ । दोश्रो पटक लगिन गर्दा पुन अर्को पिन प्राप्त हुन्छ । यो प्रक्रियालाई डबल अथिन्टिकेशन पनि भनिन्छ ।

Prabhu
Crest

ओटीपीको अवधारणामा कुनै पनि लगानीकर्ताको युजर नेम र पासवर्ड अरु कसैले थाँहा पाएमा पनि सो लगानीकर्ताको कारोवार खाता अर्को व्यक्तिले प्रयोगमा ल्याउन सक्दैन किनभने युजर नेम र पासवर्डले मात्र सो कारोवार खाता खुल्दैन । जब सम्म लगानीकर्ताको मोबाईलमा आउने ओटीपी लगानीकर्ताले हान्दैनन तब सम्म लगानीकर्ताको कारोवार खाता खुल्दैन ।

अहिले नेपाल स्टक एक्सेञ्जले अनलाईन कारोवार प्रणाली संचालनमा ल्याएको छ । अनलाईन कारोवार प्रणालीमा लगानीकर्ताले ब्रोकर संग युजर नेम र पासवर्ड लगेर आफैले शेयर कारोवार गर्न सक्छन । अब शेयर कारोवार गर्न ब्रोकरलाई भौतिक रुपमा अडर दिनु पर्दैन ।

आफैले शेयर कारोवार गर्न पाउने व्यवस्था संगै लगानीकर्ताको जोखिम धेरै नै वृद्धि भएको छ । अहिले नेपाल स्टक एक्सेञ्जले अनलाइन कारोवार प्रणाली मार्फत लगानीकर्तालाई आफै शेयर किन बेच गर्ने व्यवस्था गरेको छ तर पनि उसले अहिले ओटीपीको अवधारणा ल्याएको देखिदैन । यसले गर्दा लगानीकर्ताको आफ्नो युजर नेम र पासवर्ड अरु कसैले थाहा पाएको अवस्थामा लगानीकर्ताको खाताबाट शेयर किन बेच हुन सक्ने अवस्था सिर्जना हुने र ह्याकरहरुले ह्याक गर्न सक्ने अवस्था सिर्जना हुन्छ ।

आजकाल इमेल सेवा प्रदायक जस्तै जीमेल समेतले यो अवधारणा ल्याएका छन । तपाईले जीमेल लगिन गर्दा यदि यो सुविधा लग्नु भएको छ भने तपाईले सुरुमा युजर नेम र पासवर्ड हान्नु हुन्छ अनि त्यसपछि मोबाईलमा मेसेज आँउछ अनि अनि त्यो ओटीपी हाने पश्चात मात्र मात्र तपाईले लगिन गर्न पाउनु हुन्छ ।

इमेल सेवा प्रदायकले यो सुविधा प्रयोगमा ल्याए भने शेयर कारोवार जस्तो कुरामा यसको प्रयोग नहुनु दुर्भाग्य नै हो । त्यसैले नेपाल स्टक एक्सेंजले वान टाईम पासवर्डको अवधारणा अनुसार अघि बढ्नुको दोश्रो विकल्प देखिदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS