Prabhu Life Ad Final

नागवेलि लघुवित्तको साधारणसभा चैत्र १५ गते

IME

नागवेलि लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा चैत १५ गते हुने भएको छ । कम्पनीले ९.३८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।

लघुवित्तको साधारण सभा झापाको बिर्तामोडमा रहेको आदर्श ब्यांकेटमा बिहान ११ः३० बजे सुरु हुनेछ ।

NLIC

साधारण सभा प्रयोजनको लागि लघुवित्तले फागुन २९ गते देखि चैत १५ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार फागुन २८ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९८ पैसा, प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ १६ पैसा र मूल्य आम्दनी अनुपात ५५।७९ गुणा बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x