चौधरी समूह उत्पादनशील क्षेत्रमा स्थापित नामले पहिचान बनाई सकेको छ । यही समूहको सहकार्यमा माल्टोजिङ नामक स्वास्थ्य वर्धक उत्पादन बजारमा ल्याएको छ । । कम्पनीले न्युट्रासिटिकल विभाग स्थापना गरी बि।एल।सी होल्डीङस अन्र्तगत इन्सटयान्ट मिल्स प्रा।लि मार्फत पूर्ण प्राकृतिक जौं बाट उत्पादित सबै वर्ग र उमेर लक्षित माल्टोजिङ क्लासीक र चकलेट सहित दुई उत्कृष्ट स्वादमा उपल्वध भएको जनाएको छ ।
सबै वर्गमा पहुँच वृद्धिका लागि प्रतिपर्थी मूल्य विशेस आकर्षण रहेको छ । यस कारण माल्टोजिङ चकलेट फलेवर रु।३३० र माल्टाको रु। ३५० उपभोक्ता मूल्य तोकिएको कम्पनीले जनाएको छ । नेपालको सातै प्रदेशका सबै सहरमा सहजै भेटिने यस पेयमा शरीरलाई आवश्यक पर्ने आयो डिन, भिटामिन ए,डी र सी का साथै सबै खनिज पदार्थले भरिएको कम्पनीको दाबी छ । यसबाट ग्रामीण क्षेत्रको बालबालिकामा देखिने कुपोषणलाई निर्मूल पार्न समेत यो ब्रान्ड सहयोगी हुने कम्पनीले विश्वास लिएको छ ।
बि।एल।सी होल्डीङसका प्रबन्ध निर्देशक पारस शाक्यका अनुसार माल्टोजिङ मित्र राष्ट्र भारतमा उत्पादन गरिएको भए पनि यसमा पाइने सम्पूर्ण खनिज तत्व चौधरी समूहका खाद्य प्राविधिज्ञबाट सुझाएको छ । बजारमा उपल्वध यस्तै प्रकारका पेय पदार्थलाई चिकित्सले जङ्ग फुड अन्र्तगत राख्ने गर्दछ । भने माल्टोजिङमा खनिज पदार्थ मात्र भएकोले यसको सेवनबाट शरीरमा अन्य असर नहुने उनको दाबीरहेको छ ।
त्यस्तै कम्पनीका कार्यकारी निर्देशक होम नाथ न्यौपानेका अनुसार माल्टोजिङ उत्पादन प्रविधिमा विश्व स्वास्थ्य सगंठनले सुझाएको उत्पादन मापदण्डलाई अपनाइएको छ । यसकलाई भारतीय कम्पनीले एफ।एस।एस।आई गुणस्तर प्रमाणी करण गरेको छ , जुन सगंठनको खाद्य र औषधि उत्पादन प्रक्रिया मापदण्ड भित्र पर्ने गर्दछ ।
नेपालमा यस प्रकारका पेय पदार्थको कारोबार वार्षिक एक सय ८० करोडको हुने गर्दछ । जस मध्ये अत्यधिक मन पराइएको माल्टले ७० प्रतिशत बजार हिस्सा ओगटेको छ , बाँकी ३० प्रतिशत चकलेट फेल्वरको छ । भने माल्टोजिङले दुवै श्रेणीमा उच्च बजार हिस्सा ओगट्ने लक्ष्य सहित तिब्र बजारी करणमा उत्रिएको उनले खुलासा गरेका छन् ।
त्यस कारण स्वास्थ्य वर्धक माल्टोजिङ उपभोग गरी शरीरलाई स्वस्थ राख्दै नेपाली उत्पादनलाई टेवा दिन समेत उनले अनुरोध गरेका छन् ।