आइएमई जनरल इन्सुरेन्सले १ लाख २ हजार ३६४ कित्ता सेयर लिलामीमा बिक्री गर्नुपर्ने भएको छ । कम्पनीले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद निष्कासन गर्दा ४२ लाख १७ हजार ६३६ कित्ता सेयर मात्र बिक्री भएको छ । यसमा बाँकी रहेको सेयर अब लिलामी प्रक्रियामा लैजानु पर्ने भएको छ ।
कम्पनीकोे ८० प्रतिशत हकप्रद आवेदन दिन २ हजार ८४२ जना सयेरधनीलाई फागुन ११ गते बाँडफाँट भएको छ । हक भन्दा बढी सयेर माग गर्ने गर्ने नमिल्ने कम्पनीले जनाएको छ । हकप्रदपछि कम्पनीको यसको पुँजी ९७ करोड २० लाख हुनेछ ।