बझाङ्ग र डोटीमा बीमा कम्पनीको उपशाखा सञ्चालनमा

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले बझाङ्गको जय पृथ्वी नगरपालिका र डोटीको दिपायल सिलगढी नगरपालिकामा उपशाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले फागुन ३ गते बझाङ्गको जय पृथ्वी नगरपालिका र ६ गते डोटीको दिपायल सिलगढी– ६ मा उपशाखाहरु संचालनमा ल्याएको हो ।

संचालनमा आएका दुवै उपशाखाहरुबाट बाली तथा कृषि बीमाका अतिरिक्त हालै मोटर बीमा, सम्पत्ति बीमा, इन्जिनियरिङ्ग बीमा, स्वास्थ्य बीमा, दूर्घटना बीमा, लगायत निर्जीवन बीमाका सबै प्रकारका बीमालेखहरु जारि हुने कम्पनीले जनाएको छ ।

कम्पनीका बजार विज्ञ सुकल्याण पराजुलिले सञ्चलालनमा आएका शाखा कार्यालयहरुले सबैमा बीमाको पहुँच बढाउन सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार