IME Life

सेबोनका अध्यक्ष डा.कार्कीलाई ब्रोकरको १६ प्रश्न

SPIL
NIC ASIA

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीले बैकलाई ब्रोकरका लाईसेन्स दिने बिषयमा दोहोरो चरित्र देखाएको स्टक ब्रोकर एसोसियशनले आरोप लगाएको छ । अध्यक्ष कार्कील एकातिर बैकलाई ब्रोकर लाईसेन्स दिएर बजारको विस्तार गर्ने कुरा गरेको र अर्कोतिर बैंक सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने भनिएको बताएका छन् ।

एसोशियसनले बैकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिदाँ बजार विस्तार कसरी हुन्छ भन्ने प्रश्नको उत्तर अध्यक्ष कार्कीसँग माग गरेका छन् । यसका साथै ब्रोकरहरुले कार्कीसँग १६ वटा प्रश्नको उत्तर मागेका छन् ।

Prabhu
Crest

अनलाईन कारोबार प्रणाली पूर्णरुपमा सञ्चालनमा आएको अवस्थामा घाटामा शाखा सन्चालन गर्नु पर्ने बाध्यात्मक विद्यमान अव्यवहारिक नीति नियममा आवश्यक सामान्य वस्तुगत परिमार्जनको सुझावसहित हाल ब्रोकरहरुले मुलुकभरका २ सय ५० स्थानमा सेवा विस्तार गर्ने योजना पेश गरिसकेको अवस्थालाई नजरअञ्दाज गरी छलफलमा नै नल्याई आरोपमा उत्रनुको औचित्य अध्यक्ष डा. रेवत बहादुर कार्कीले पुष्टि गर्नु पर्दैन र ?

अनावश्यक प्रचारबाजी र विवाद सृजना गर्नुपूर्व दोश्रोबजारको वास्तविक आकार, सूचिकृत कम्पनीको संख्या तथा तिनीहरुले प्रतिनिधित्व गर्ने क्षेत्र, दोश्रोबजारमा हुने जोखिम, कारोबार गर्ने प्रकृया र प्रणालीको वस्तुपरक अध्ययन गरि दोश्रोबजारलाई वास्तविक रुपमा नै कती धितोपत्र दलाल व्यवसायीहरु चाहिने हो ? यसको विस्तृत अध्ययन गरि अध्ययनको आधारमा हामी यो बिषयका मुख्य सरोकारवाला लगायत सबैलाई चित्तबुझ्दो जवाफ अध्यक्ष डा. रेवत बहादुर कार्कीले दिनु पर्दैन र ?

अन्तराष्ट्रिय अभ्यास अनुसार सब ब्रोकर, ब्रोकर एजेन्टको माध्यमबाट धितोपत्रको दोश्रोबजारको पहुँच विस्तार नगरि ब्यवसायीको संख्या बद्धि गर्नमात्रै एकोहोरो रुपमा लाग्नु पछाडीको कारण के हो, अध्यक्ष डा. रेवत बहादुर कार्कीले पुष्टि गर्नु पर्दैन र ?

दोश्रोबजारको विकास र विस्तारको लागि नीतिनियममा सामान्य परिमार्जन गरी तत्काल कार्यान्वयनमा ल्याउन सकिने ब्रोकरहरुबाट दिइएका वस्तुपरक र औचित्यपूर्ण सुझावहरुलाई पुरै वेवास्ता गरेर पहँुच विस्तारको नाममा एकोहोरो बैंङ्कलाई ब्रोकर लाइसेन्सको रटानबाट अध्यक्ष डा. रेवत बहादुर कार्कीले कसलाई खुशी बनाउन लागेका हुन अनुसन्धान नै गर्नुपर्ने देखिदैन र ?

एकातिर ब्रोकरको लाइसेन्स बैंङ्कलाई दिएमा पूँजीबजारको पहुँच देशभरी नै पुग्ने भ्रम फैलाउदै हिड्ने अर्कोतिर ब्रोकरको लाइसेन्स बैंङ्कलाई दिने नभई बैंङ्कले स्थापना गरेको सहायक कम्पनीलाई दिने भएकाले अनावश्यक शंका नगर्न सुझाव दिंदै हिड्ने गर्दा अध्यक्ष डा. रेवत बहादुर कार्कीको दोहोरो चरित्र देखिएन र ? बैंङ्कले स्थापना गरेको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिंदा कसरी पहँुच विस्तार हुन्छ ? अध्यक्ष डा. रेवत बहादुर कार्कीले पुष्टि गर्नु पर्दैन र ?

हाल सञ्चालनमा रहेका धितोपत्र ब्रोकरहरुको क्षमता नभएकै कारण बैंङ्कलाई ब्रोकर लाइसेन्स दिनुपरेको पूर्वाग्रही र भ्रमपूर्ण अभिव्यक्तिको आधार अध्यक्ष डा. रेवत बहादुर कार्कीले प्रस्ट्याउनु पर्दैन र ?

न्यूनतम चुक्ता पूँजी २० लाखबाट छोटो अवधिमा नै १० गुणा पूँजी बृद्धि गर्न लगाई अनिवार्य रु. २ करोड रुपैयाँ कायम गर्न लगाएको तथा ब्यावसाय विस्तारको लालसा देखाई रु. ५ करोड भन्दा माथि बृद्धि गराईएको पूँजी कोषको उचित प्रतिफल प्राप्त हुने वातावरण बनाउने नीति, प्रोडक्ट अध्यक्ष डा. रेवत बहादुर कार्कीले ल्याउनु पर्ने होइन र ?

धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार नगरिंदा व्यवसायीसँग भएको हालको पूँजी, जनशक्तिको प्रयोग हुन सकेको छैन् । ग्राहकको लागि धितोपत्र खरिद गरिदिने र ग्राहकसँगै रकम र धितोपत्र लिएर कारोबारको राफसाफ गर्ने कार्य गर्दा व्यवसायीलाई कार्यालय सञ्चालनको लागि चाहिने रकमभन्दा बढी पूँजी व्यवस्था गर्न लगाएका औचित्य अध्यक्ष डा. रेवत बहादुर कार्कीले प्रष्ट पार्नु पर्दैन र ?

पूँजीको लागत हुने भएकाले व्यवसायीक सम्भावनाको आधारमा व्यवस्था गर्न लगाउने र सोहि बमोजिमका कार्य क्षेत्र खुल्ला गरिनु पर्दछ नत्र विकृती सृजना हुन सक्छ भन्ने सामान्य कुराको चेत नियामक निकायका प्रमुखसँग हुनु पर्ने होइन र ?

धितोपत्रको दोश्रोबजारमा धितोपत्र दलाल व्यवसायीहरु मार्फत् धितोपत्रको खरिद–बिक्री कारोबार शुरु भएदेखि आजका दिनसम्म (२५ बर्षसम्म) पनि नियामक निकाय तथा बजार सञ्चालकले दोश्रोबजारको अति आवश्यक मानिने राफसाफ प्रत्याभूति कोष तथा अक्सन मार्केट जस्ता पुर्वाधारहरुको व्यवस्था गर्नु नपर्ने नै हो र ?

राफसाफ प्रत्याभूति कोष तथा अक्सन मार्केट जस्ता पुर्वाधारहरु नभएको अवस्थामा समेत धितोपत्र दलाल व्यवसायीहरुको उच्च सुशासन तथा नैतिक व्यावसायिक कार्यकुशलताले गर्दा खरिदकर्ताले शेयर प्राप्त नगरेको तथा बिक्रीकर्ताले रकम प्राप्त नगरेको एउटा पनि उदाहरण २५ बर्षे इतिहासमा हालसम्म नभएको अवस्थामा अध्यक्ष डा. रेवत बहादुर कार्कीले वदनियतपुर्वक धितोपत्र दलाल व्यवसायीहरुमा सुशासन नभएको भनेर आरोप लगाउनु समग्र पूँजीबजार कै लागि दुर्भाग्य होइन र ?

स्वस्फुर्त आफ्नै खर्चमा नेपालभन्दा विकसित मुलुकको पूँजीबजारमा अध्ययन भ्रमण गरी क्षमता विकास गर्ने धितोपत्र व्यवसायीहरुको प्रयासलाई समेत हतोत्साहित गर्ने मनसायले, प्रचलित ऐन कानूनमा भएको व्यवस्था बमोजिम जनशक्ती व्यवस्थापन गरी कम्पनी सञ्चालन गर्दै आएको हालको परिप्रेक्ष्यमा मासिक रु.३,००० मा कर्मचारी राखेको, व्यवसायी भागी हालसम्म पत्ता नलागेको भनी कपोलकल्पित, झुटो तथा भ्रमपूर्ण अभिव्यक्ति सम्मानित संसदको अर्थसमितिमा नियामक निकायको प्रमुखले दिंदा सम्मानित संसदकै अवहेलना हुँदैन र ?

दोश्रोबजारमा पूर्वाधार, औजार र सेवा प्रदायकलाई कार्यक्षेत्र विस्तार गरि क्षमतावान बनाई बजारलाई पारदर्शी, थप चुस्त र गतिशिल बनाउन सकेमात्र प्राथमिक बजारको आकर्षण बढ्न गई देशमा पूँजी परिचान भई उद्योग व्यवसाय खुल्ने, रोजगारी सृजना हुने, उत्पादकत्व बढ्ने आदी भई समग्रमा राज्यले लिएको “समृद्ध नेपाल सुखी नेपाली” लक्ष्य हासिल गर्न धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले सहि भूमिका खेल्नुपर्ने होईन र ?

बजारको समुचित विकास, विस्तार र पारदर्शिता ल्याउने काममा बोर्ड अध्यक्षले ध्यान नदिंदा बिद्यमान अवस्थामा बर्षौ देखी सञ्चालनमा आएका उद्योग प्रतिष्ठान र परियोजनाहरुका शेयरहरु समेत प्राथमिक बजारमा बिक्रि गर्न नै हम्मे हम्मे भएको अवस्था सबैको सामू छर्लङ्ग छैन र ?

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS