दोस्रो बजारमा सुचिकृत ७ जीवन कम्पनीहरुको लाभांसको इतिहास हेर्दा सबै भन्दा धेरै लाभांस दिनेमा नेपाल लाईफ इन्स्योरेन्स पर्दछ । नेपाल लाईफ इन्स्योरेन्सले ५ वर्षको अवधिमा २८९ दशमलव ६२ प्रतिशत लाभांस दिएको छ । जसमा २२२ प्रतिशत बोनस शेयर पर्छ भने ६७ दशमलव ६२ प्रतिशत नगद लाभांस ।
पुराना जीवन बीमा कम्पनीहरुमा सबै भन्दा थोरै लाभांस दिने कम्पनीमा गुराँस लाईफ इन्स्योरेन्स पर्दछ । गुराँस लाईफले यो ५ वर्षको अवधिमा २६ प्रतिशत बोनस शेयर र १ दशमलव ३६ प्रतिशत नगद लाभांस दिएको छ । जसमा आर्थिक वर्ष ७३/७४ को लागि प्रस्तावित ८ प्रतिशत बोनस शेयर र ० दशमलव ४२१ प्रतिशत नगद लाभांस साधारण सभा बाट अनुमोदन हुन् बाँकी नै छ ।
त्यस्तै लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ७३/७४ को लाभांस प्रस्ताव गरे पनि साधारण सभाले प्रस्ताव पारित गर्न बाँकी नै छ ।
निरन्तर ५ वर्ष लाभांस दिने ३ मात्र
आर्थिक वर्ष २०६९ /७० देखि आर्थिक वर्ष २०७४/७५ को समय भित्र प्रत्यक वर्ष लाभांस दिने कम्पनीहरु ३ वटा मात्र रहेको छन् । नेपाल लाईफ इन्स्योरेन्स, नेशनल लाईफ इन्स्योरेन्स र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले मात्र लगातार ५ वर्ष लाभांस दिएको छन् । लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ७३/७४ को लाभांस प्रस्ताव गरे पनि साधारण सभाले प्रस्ताव पारित गर्न बाँकी नै छ ।