साताको चौथो दिन नेप्से १२ दशमलव ७२ अङ्कले घटेर १११२ दशमलव २३ अङ्कमा बन्द भएको छ । कारोबार रकम १६ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।
उत्पादनमूक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट छ । उत्पादनमूक क्षेत्रको परिसुचकमा ० दशमलव ४४ अंकको वृद्धि आएको छ ।
सबैभन्दा धेरै अपर तामाकोशिको ९३ लाख ५० हजार बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै चौतारी लघुवित्त वित्तीय संस्थाको सेयरमा ९ दशमलव ८४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै नेपाल सेवा लघुवित्तकोे शेयर ५ दशमलव ३८ प्रतिशतले घट्न पुग्यो ।