Connect IPS
IME Life

नयाँ जीवन बीमा कम्पनी आए पनि पुरानाको “ग्रोथ” कायमै : तथ्य सहित

SPIL
NIC ASIA new
Sanima Reliance

बीमा समितिले एकै पटक १० नयाँ जीवन बीमा कम्पनीलाई संचालन अनुमति दिए संगै बजारमा विभिन्न प्रकारका बहस चल्न थालिसकेको थियो । नयाँ बीमा कम्पनीको आगमन संगै पुरानाको व्यापार घट्ने वा पुराना बीमा कम्पनीको अघि नयाँ टिक्न नसक्ने जस्ता टिका टिप्पणीले ठुलै बहस सिर्जना गरेको अवस्था थियो ।

केही समय पश्चात बजारमा फरक दृश्य देखियो । नयाँ र पुराना बीमा कम्पनी एक अर्काका प्रतिष्पर्धी भन्दा पनि उनीहरु नयाँ बजार खोज्न थाले फलस्वरूप नयाँ जीवन बीमा कम्पनीहरु संगै पुराना जीवन बीमा कम्पनी व्यापार बढ्दै गएको देखिन्छ ।

Prabhu
Crest

आर्थिक वर्ष ७५/७६को दोश्रो त्रैमास र आर्थिक वर्ष ७४/७५ को दोश्रो त्रैमास बीच तुलना गर्दा

जीवन बीमा कम्पनीको प्रमुख सूचांक मध्यको एक जीवन बीमा कोष हो र पुराना ७ जीवन बीमा कम्पनीको जीवन बीमा कोष औसतमा २७ प्रतिशतले वृद्धि भएको छ । सूर्या लाईफ इन्स्योरेन्सले आफ्नो जीवन बीमा कोष सबै भन्दा धेरै ४५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

सबै भन्दा धेरै जीवन बीमा कोष भएको नेपाल लाईफ इन्स्योरेन्सको जीवन बीमा कोष २४ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै पुराना जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन रकममा पनि राम्रो सुधार देखिएको छ । कुल बीमा शुल्क आर्जन रकम ३५ प्रतिशतले वृद्धि भएको छ भने खुद बीमा शुल्क आर्जन रकम पनि ३७ प्रतिशतले वृद्धि देखिएको छ ।

नेपाल लाईफ इन्स्योरेन्सले आफ्नो बीमा शुल्क आर्जन रकम सबै भन्दा धेरै ४७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS