सम्सारा रेमिट प्रा.लि. र नेशनल एक्सचेन्ज बीच विप्रेषण सम्झौता

सम्सारा रेमिट प्रा.लि. र कतार स्थित रेमिट्यान्स कम्पनी नेशनल एक्सचेन्ज बीच विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धि द्धिपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा सम्सारा रेमिट प्रा.लि को तर्फबाट डाइरेक्ट व्यवसाय प्रवन्धक सुरज क्षेत्री र नेशनल एक्सचेन्जको तर्फबबाट महाप्रवन्धक मोहमद मुस्ताफाले सम्सारा रेमिट प्रा.लिको मुख्य कार्यालयमा एक कार्यक्रम बीच हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार कतारमा रहेका नेपालीहरुले आफुले कमाएको रकम नेशनल एक्सचेन्जको ५ (पाँच) वटा शाखाबाट सजिलै सँग नेपालमा पैसा पठाउन सक्नेछ । सो रकम सम्सारा रेमिटको नेपालै भरी रहेको ५६०० भन्दा बढी सब एजेन्टहरु मार्फत नगद भुक्तानी लिन सक्नेछन ।

साथै रकम बुझिलिने व्यक्तिको नेपालमा कुनै पनि बैक तथा वित्तिय संस्थाहरुमा रहेको खातामा रकम जम्मा गराइदिने समेत व्यवस्था गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार