कामना सेवा बैंकका सबै शाखा बाट एलआईसी नेपालका सेवा पाइने

एलआईसी नेपाल र कामना सेवा विकास बैंक बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धि संझौता भएको छ ।

काठमाण्डौमा आयोजित एक समारोह बीच एलआईसी नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत एलपी दास र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले एलआइसी नेपालका जीवन बीमा योजनाहरु सबै शाखा कार्यलयहरु बाट लिन सक्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार