प्रिमियर इन्स्योरेन्स र कामना सेवा बैंक बीच बीमा सेवा सम्झौता

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेड बीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्याय र कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेतले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर रहेका ६४ वटै शाखाहरु बाट सहज रुपमा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । काठमाडौं ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६४ वटा शाखा तथा १७ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार