नेशनल इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको अवधिमा ४४ करोड ७४ लाख ४५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४४ करोड १९ लाख ९१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीले ३८ करोड २७ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । यस्तै, चालु आवको पुस मसान्त सम्ममा कम्पनीमा ११ हजार ८ सय २५ वटा बीमालेख कायम भएका छन् । दाबी भुक्तानी संख्या १ हजार ४ सय २० वटा रहेको छ ।
कम्पनीले प्रकाशन गरेको चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार भुक्तानी हुन बाँकी दाबी रकम ७२ करोड ८७ लाख रुपैयाँ रहेको छ । भुक्तानी हुन बाँकी दाबी संख्या १ हजार ३ सय ७० वटा रहेको छ ।
चालु आवको पुस मसान्तको अवधि सम्ममा कम्पनीले १ करोड ९५ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।