जनरल इन्स्योरेन्स  र महालक्ष्मी बिकास बैंक बीच बीमा सेवा सम्झौता

जनरल इन्स्योरेन्स  कम्पनी नेपाल लिमिटेड र महालक्ष्मी बिकास बैंक लिमिटेड बीच बीमा सम्बन्धि सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

इन्स्योरेन्स कम्पनी तथा बैङ्क बीच फाल्गुण २ गते बुधबारका दिन आयोजित एक कार्यक्रम बीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेको हो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछाने र इन्स्योरेन्सका महाप्रबन्धक एस्।के।तमोटले उक्त सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि।ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार