अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमास सम्ममा १२ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार उक्त अवधिमा १३ हजार २ सय २८ वटा बीमालेख जारी भएका छन् ।
त्यस्तै कम्पनीले २२ बीमालेख बराबर २१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम २२ लाख रुपैयाँ रहेको छ । २ करोड ४२ लाख रुपैयाँ जगेडा कोष रहेको अजोडको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७७ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ४ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै कम्पनीको प्रति शेयर कुल सम्पत्तिको मूल्य १ सय १९ रुपैयाँ ५८ पैसा रहेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमासको अवधिमा १ करोड २३ लाख रुपैयाँ खुद नाफा नाफा आर्जन गर्न सफल भएको छ ।